२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माघमा योगिनी कप भलिबल हुँदै

बाँके, पुस २१  

बाँकेको खजुरा गाउँपालिकामा हुन लागेको योगिनी कप अन्तर क्लब भलिबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजकले बताएको छ । 

प्रतियोगिता माघको पहिलो साता खजुरा गाउँपालिका–२, गौघाटमा हुँदैछ । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबको संयुक्त आयोजनामा संचालन हुने प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको छ ।  सामुदायिकस्तरबाट भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन हुन लागेको अध्यक्ष थापाले बताए ।  

अध्यक्ष थापाले गौघाट क्षेत्र भलिबल खेलका लागि चर्चित गाउँ भएको बताउँदै, ‘गौघाट क्षेत्रमा फेरि भलिबलको सुरुवात हुन लागेको बताए ।’ प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमान रहेको थापाले बताए ।  

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, उपविजेताले भने १० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ ।

खेलमा सर्वोत्कृष्ट खेलाडीका लागि नगद तीन हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । साथै विधागत रुपमा उत्कृष्ट खेलाडीले एक–एक हजार, मेडल ट्रफी र प्रमाणपत्र पाउँने छन् ।

कार्यक्रममा उपस्थित बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताका लागि संघ तथा व्यक्तिगत रुपमा साथ, सहयोग र सल्लाह दिने बताए । ठकुरीले भलिबल प्रतियोगिताले निरन्तरता पाउनेपर्नेमा जोड दिए ।  

‘पहिलोपटक योगिनी क्लब र रंगशाला नेपाल मिडियाले भलिबल प्रतियोगिता आयोजना गर्दैछ । बाँकेमा हुने धेरै प्रतियोगिताले निरन्तरता पाउन सकेका छैनन् । तर यो भलिबल प्रतियोगिताले निरन्तरता पाओस । जसको लागि संघ र मेरो तर्फबाट सधैं साथ, सहयोग र सल्लाह मिल्नेछ,’ ठकुरीले भने ।

प्रतियोगिता संरक्षक उमेश निरौलाले योगिनी कपले त्यस क्षेत्रमा खेलकुदको माध्यमबाट सामाजिक विकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भने,‘क्लबले लकडाउनको समयमा पनि सामाजिक काम गरेको थियो । अहिले खेलकुद प्रतियोगिता गर्ने तयारी गरेको छ । यसले युवालाई थप उर्जा थप्ने छ । ’ 

प्रकाशित: २१ पुस २०७७ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App