२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पुछारमा रहेको बैङ्गलोरको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैङ्गलोरले जित हात पारेको छ।

हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा गयराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैङ्गलोरले जारी सिजनमा दोस्रो जित हात पारेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा २०६ रन बनायो। २०७ रनको लक्ष्यसहित मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो।

हारका बाबजुद हैदरावाद अङ्क तालिकाको तेस्रो स्थानमा कायम छ भने जितेपनि बैङ्गलोर पनि पुछारमै रहेको छ।

बैङ्गलोरको जितका लागि विराट कोहलीले सर्वाधिक ५१ रन बनाउँदा रजत पाटीदारले ५० रनको पारी खेले। क्यामरुन ग्रीनले नट आउट रहँदै ३७ रन बनाए।

हैदरावादका लागि जयदेव उन्डकटले सर्वाधिक ३ विकेट लिँदा टी नटराजनले २ अनि प्याट कमिन्स र मयंक मारकन्डेले समान १/१ विकेट हात पारे।

उता जवाफी लक्ष्यसहित मैदान उत्रेको हैदरावाको सुरुआतदेखि नै कमजोर प्रदर्शन रह्यो। सहवाज अहमदले नट आउट रहँदै ४० रन बनाए भने कप्तान कमिन्सले ३१ रन जोडे। तर, त्यो जितका लागि पर्याप्त हुन सकेन। हैदरावादलाई जितबाट रोक्न बैङ्गलोरका स्पनील सिंह, करन शर्मा र क्यामरुन ग्रीनले समान २/२ विकेट लिँदा यश दयाल र विल ज्याक्सले समान १/१ विकेट हात पारे।

प्रकाशित: १४ वैशाख २०८१ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App