६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अशोक राईसहितका ७ सांसद दिए नयाँ दल दर्ताका लागि निवेदन

जनता समाजवादी पार्टी, नेपालका ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन्।

आइतबार निर्वाचन आयोगमा पुगेर पार्टीका वरिष्ठ नेता अशोककुमार राईसहितका नेताहरुले जनता समाजवादी पार्टी नामक दल दर्ताको निवेदन दिएका हुन्।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान विपरित काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठ बताउँछन्।

उनले जसपा, नेपालमा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरुसँग रहेको दाबी गरे। उनले सरकारलाई समर्थन भने जारी रहने बताए।

राईलाई नवलकिशोर साह, रेणुकुमारी यादव, हसिना खातुन, डा. वीरेन्द्र महतोले साथ दिएका छन्। त्यस्तै प्रदीप यादव र सुशीला श्रेष्ठले राईलाई साथ दिएका छन्।

अध्यक्षमा राई रहेका छन् भने रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ।

संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन्। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।

प्रकाशित: २३ वैशाख २०८१ २१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App