१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले आयरल्यान्ड वुल्भ्सलाई दियो १९९ रनको विशाल लक्ष्य

टी–२० अभ्यास खेल अन्तर्गतको आजको खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई खेल जित्नका लागि १९९ रनको विशाल लक्ष्य दिएको छ।

नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १९८ रन बनाएका हो। टी–२० अभ्यास खेल अन्तर्गत नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको दोस्रो खेल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। 

पछिल्लो सातौँ विकेटका रुपमा सन्दीप जोरा १० बलमा २१ रन बनाएर आउट भएका थिए।जोराले १ छक्का र ३ चौकासहित २१ रन बनाएका हुन। उनी फोस्टरको बलमा अडएयरबाट क्याच आउट भएकाहुन। 

छैटौँ विकेटका रुपमा कुशल मल्ल १३ बलमा ३४ रन बनाएर आउट भएका थिए। उनले ४ छक्का र एक चौकासहित उनले ३४ रन बनाएका हुन। मल्ल यस खेलमा थोरै बलमा धेरै रन बनाउने खेलाडी हुन। उनी ह्वाइटका डेनालीबाट क्याच आउट भएका हुन।

पाँचौ विकेटका रुपमा रोहित पौडेल आउट भएका थिए। उनली ४ चौकासहित २४ बलमा ३३ रन बनाएर आउट भएका हुन। पौडेल आयरल्याण्डका होइको बलमा रकबाट क्याच आउट भएका हुन। 

गुलशन झा ३२ बलमा ४६ रन बनाएर आउट भएका थिए। ४ छक्का र १ चौकासहित ४६ रन बनाएका उनी ह्वाइटको बलमा रकबाट क्याच आउट भएका थिए।

अनिल साह २ चौकासहित ११ बलमा १२ रन बनाएर आउट भएका थिए। उनी ह्यान्डको बलमा डोहेनीबाट क्याच आउट भएका हुन। 

खेलको सुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेल १६ बलमा २५ रन बनाएर आउट भएका हुन। उनी  आयरल्यान्ड वुल्भ्सका बलर फोस्टरको बलमा डेनालीबाट क्याच आउट भएका हुन। उनले २ छक्का र २ चौकाको सहयोगमा त्यति रन बनाएका थिए। 

यसअघि पहिलो विकेटका रुपमा आशिफ शेख आउट भएका थिए। उनी ९ बलमा एक छक्का र एक चौकासहित ११ रन बनाएर आउट भए। उनलाई पनि फोस्टरले डोहेनीबाट क्याच आउट गराएका थिए। नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको यो खेल दिउँसो १ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको हो।

सोमबार भएको पहिलो खेलमा सानदार ६ विकेटले जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले सोमवारको खेलमा आयरल्यान्ड वुल्भ्सलमाथि ६ विकेटको जित हात पारेको थियो।

यो खेल सकिए पछि नेपाल ‘ए’ ले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वुल्भ्ससँगै ३ टी ट्वान्टी र ३ एक दिवसीय खेल खेल्ने छ।

प्रकाशित: १३ चैत्र २०८० १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App