६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नक्कली मासुप्रति विरक्ति

यस्तो पनि

‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका अभिनेता ५२ वर्षे मार्टिन फ्रिम्यान पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन्। शाकाहारी मासु त्यस्तो मासुलाई भनिन्छ, जुन पशुहत्या नगरी कारखानामा बनाइन्छ। अचेल कारखानामा उत्पादन गरिने भेज–मासुको हल्ला निकै ठूलो छ। अमेरिकी सरकारले यसलाई सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिइसकेपछि यसको चर्चा चुलिएको हो।

अभिनेता मार्टिनको भनाइमा, यस्ता भेज–मासु खानु र मज्जाले भुटेका खान्की (अल्ट्राप्रोसेस्ड) खानु उस्तै रहेको बताउँछन्। ती दुवै स्वास्थ्यका लागि खतरा हुने हुनाले उमालिएको मासु वा कम पकाइएको इथिकल मासु खानु स्वास्थ्यका लागि लाभप्रद रहेको उनको भनाइ छ।

नक्कली मासु पनि तारेका र खारेका भेज जत्तिकै खतरनाक हुने उनी बताउँछन् किनभने मासुमा जुन फाइबर हुन्छ, कारखानाबाट उत्पादित भेज मासुमा त्यस्ता फाइबरको अभाव हुन्छ। ती पोषिलो पनि हुँदैनन्। त्यस्तै भेज अल्ट्रा प्रोसेस्ड खान्की थोरै खाँदा चित्त बुझ्दैन र मान्छेले बढीभन्दा बढी खान्छ। जति बढी प्रोसेस्ड खान्की खायो, स्वास्थ्यलाई उति हानि गर्छ। त्यसैगरी तारेको भुटेको मासुहरूको अत्यधिक प्रयोग गर्दा पनि आन्द्रासम्बन्धी क्यान्सर हुने प्रबल सम्भावना हुन्छ।

त्यसो त अमेरिकामा कारखानामा उत्पादित विरूवाबाट बनाइने नक्कली मासु (वैकल्पिक मासु) प्रतिको जनताको रूचि ह्वात्तै घटेको छ। हिथर मिल्स नामक कम्पनीले यस्ता हरित नक्कली मासु उत्पादन गरेर बेच्न थालेको निकै भइसकेको छ। तर सर्वसाधारणको रूचि घटेका कारण यो कम्पनी नै घाटामा चल्न थालेको छ।

यस्ता कुरामा मलजल गर्ने काम रब हब्सनजस्ता लेखकले पनि गरेका छन्। लेखक हब्सनले कसरी हरिया तरकारी, गेडागुडी, फलफूल र सागहरूको उपयोगले मासुको विकल्प दिन सक्छन् भनी पुस्तक नै लेखेका छन्। उनको ‘अनप्रोसेस योर लाइफः ब्रेक फ्रि फ्रम अल्ट्रा–प्रोसेस्ड फुड्स फर गुड’ निकै चर्चित बन्न पुगेको छ। उनले बजारमा गरिएका अनेक अनुसन्धानका आधारमा ‘अल्ट्रा प्रोसेस्ड फुड’ (एपिएफ)का बेफाइदा, नक्कली मासुको खतरा तथा मासुका विकल्पका बारेमा ९० वटाभन्दा खान्कीले दिने मानसिक तथा शारीरिक स्वास्थ्यका बारेमा चर्चा गरेका छन्। तपाईं चाहिँ स्वस्थकर मासु खाने कि शाकाहार जीवन रोज्ने?

प्रकाशित: २५ वैशाख २०८१ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App