इलाम-२ को उपचिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव का अनुसार दिउँसो साढे २ बजेसम्म ५१ प्रतिशत मत खसेको हो।
एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६१ हजार मत खसेको उनले जानकारी दिए। उनका अनुसार मतदान सबैतिर शान्तिपूर्ण छ।
इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन्।
प्रकाशित: १५ वैशाख २०८१ १५:०४ शनिबार