२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्।

स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको यही वैशाख १० गतेको सिफारिसका आधारमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका हुन्।

प्रकाशित: १३ वैशाख २०८१ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App