५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो।

डिभी परे/नपरेको बारे dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८१ २१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App