२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बिहे घरमा आगलागी हुँदा २ जना घाइते, ६ लाखभन्दा बढीको क्षति

फाइल तस्बिर

सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा घरधनी रामचन्द्र महतो र राज मङ्गल रहेका छन्।

बलरा नगरपालिका–६, मिर्जापुरका महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उनको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको छ। यस्तै अर्का स्थानीय २३ वर्षीय मङ्गलको दाहिने हात जलेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

आगलागीका कारण ६ लाख बराबरको क्षति समेत भएको छ।

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको हो।

यसैबीच, गयराति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ। आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो।

दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियोे। रासस

प्रकाशित: १२ वैशाख २०८१ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App