२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखाको सामागाउँमा वीरेन्द्र तालमा हिमपहिरो मिसिँदा तल्लो क्षेत्रमा बाढी

फाइल तस्बिर

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को संरक्षित क्षेत्रमा पर्ने गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा माथिबाट खसेको हिमपहिरो मिसिँदा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।  

गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार माथिबाट खसेको हिमपहिरो तालमा मिसिएको हो। तालमा मिसिएको हिमपहिरोले पानी छचल्किएर तल्लो भेगमा बाढी आएको उनले बताए। त्यसबाहेक हिमपहिरो तालमा मिसिएसँगै तालमा पानीको सतह पनि बढेको उनले बताए।  

‘ताल फुटेको होईन, माथिबाट खसेको हिमपहिरो तालमा मिसिएको हो,’ उनले भने, ‘तालमा पहिरो मिसिएपछि पानी पनि छचल्कियो। तालमा हिउँको पहिरो मिसिएपछि हिउँ पग्लेर तालमा पानीको आकार पनि बढ्यो। त्यही पानी बाहिर निस्क्दा तल्लो भेगमा बाढीको जोखिम थपिएको हो। त्यहाँबाट बगेको पानी बुढीगण्डकी नदीमा मिसिने भएकोले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको उनले बताए। उनका अनुसार बाढीले माथिल्लो क्षेत्रमा एउटा कच्ची पुल समेत बगाएको छ। विहान ८ बजे पहिरो खसेको उनले बताए।

एमक्यापका प्रमुख सन्तोष शेरचनले वीरेन्द्र ताल अरुबेला पनि जोखिमपूर्ण रहेको बताए । तालमा माथिबाट बारम्बार पहिरो मिसिने गरेको उनले बताए ।

प्रकाशित: ९ वैशाख २०८१ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App