३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

भक्तपुरमा पोखरीमा डुबेर आज एक स्थानीयको मृत्यु भएको छ।

मध्यपुर थिमि नगरपालिका वडा नं-५ दुई पोखरी खसेर स्थानीय ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीले जानकारी दिए।

पोखरीको आडैमा बसेका उनी अचानक पोखरीमा खसेर डुबे लगत्तै स्थानीयले तल्काल उद्धार गरी उपचारको लागि कोरियन अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमको लागि के.एम.सी अस्पताल दुवाकोट भक्तपुरमा राखिएको कार्कीले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ वैशाख २०८१ २२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App