२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हतियार देखाएर लुटपाट गर्ने दुई पक्राउ

पैसा लुटपाट गर्ने समूहलाई सार्वजनिक गर्दै प्रहरी।

पाँच दिनअघि हतियार देखाएर पैसा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

हरिनगर वडा नं-१ का हासिफ अनसारीको पाँच लाख ३५ हजार रुपैयाँ लुटेको आरोपमा प्रहरीले सुनसरी भोक्राहा नरसिंह वडा नं-५ स्थायी घर भई सप्तरी हनुमाननगर कंकालिनी वडा नं-३ बस्ने २९ वर्षे इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह वडा नं-४ का उमेश मुखियालाई पक्राउ गरि सार्वजनिक गरेको हो।

इनरुवा वडा नं-९ मा बुधबार २.४५ बजेतिर अनसारी र ६० वर्षे हजुरआमा सहिरा मियाँ जग्गा विक्री गरेको पैसा लिएर घरतर्फ फर्कँदै थिए। साेही बेला मोटरसाइकलमा सवार तीन जनाकाे समूहले पैसा लुटी फरार भए। सो समूहले पैसा लुटपाट गर्ने क्रममा गोली समेत चलाएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार पैसा लुटपाट गरि फरार भएका अन्य एक जनाको पनि पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको छ।

उनका अनुसार लुटिएको पैसामध्ये दुई जनाबाट ५१/५१ हजार रुपैयाँ पनि बरामद भएकाे छ। प्रहरीले एक थान मोटरसाइकल पनि फेला पारेको छ। कुल लुटिएको पैसा तीनै जनाले बराबरी भाग लगाएर बाँडफाँड गरेपनि अरु पैसा भने खर्च गरि सकेको खुलेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा लुटपाटमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ।

प्रकाशित: २६ चैत्र २०८० १८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App