२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद विघटन विरुद्ध प्रर्दशन गर्दै बाँके कांग्रेस

शनिबार बसेको बाँके कांग्रेसको बैठक । तस्विरः नागरिक

बाँके कांग्रेसले संसद विघटनको बिरोध गर्दै प्रर्दशन गर्ने तयारी गरेको छ । शनिबार बसेको नेपाली कांग्रेस बाँकेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधी सभा विघटनको विरोधमा सोमबार प्रर्दशन गर्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार बाँके सहित देशभर प्रर्दशन हुदैछ ।  

कांग्रेसले ७७ वटै जिल्लाका प्रर्दशन गर्न लागेको हो । बाँकेमा हुने प्रदर्शनमा पुर्व स्वाथ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा लगायतका नेताले सम्बोधन गर्ने तयारी भएको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले बताइन ।  

नेपालगन्ज त्रिभुवन चोकमा हुने कोणसभालाई  नेता थापासँगै नेपाली कांग्रेसका नेताले सम्बोधन गर्ने कोइरालाले बताइन ।  प्रर्दशन कार्यक्रमको तयारीको लागि नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिले तयारी समिति गठन गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले बताए ।  

प्रर्दशनलाई भव्य बनाउन नेपाली कांग्रेस क्षेत्र नम्बर २ सभापति रमेश गुप्ताको संयोजकत्वमा आर्थिक समिति, नेपाली कांग्रेस नेपालगन्ज उप–महानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा अतिथी सत्कार, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहको संयोजकत्वमा मञ्च ब्यवस्थापन र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको सभापति कोइरालाले बताइन ।  

 

प्रकाशित: ११ पुस २०७७ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App