७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि...

चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि एयर इन्डिया एक्सप्रेसका ७० भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द गरिएका छन्।

बुधवार एयर इन्डियाका वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परेर बिदामा बसेका कारण ७० भन्दा बढी उडान रद्द वा ढिलाइ भएका छन्।

एयर इन्डिया एक्सप्रेसले बुधवार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ। लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो।

भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मङ्गलवारदेखि सुरु भएको यो समस्या बुधवार बिहानसम्म जारी रहेको थियो।  

नागरिक उड्डयन अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडान अघि केही वरिष्ठ चालक दलका सदस्यहरूले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन्।

वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो। एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले केबिन क्रूको टोलीले मङ्गलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणामस्वरूप उडानमा ढिलाइ र रद्द भएको बताए। घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यहरूसँग एयर इन्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ।

यस्तै घटना अप्रिल १ मा भिस्तारा एयरले पनि सामना गर्नु परेको थियो। त्यसबखत पाइलटहरू बिरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए। रासस

प्रकाशित: २६ वैशाख २०८१ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App