६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा फेरि फुट्यो, आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगे अशोक राई

फाइल तस्बिर

जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो। 

आइतबार दिउँसो अशोक राई, प्रदीप यादव, नवलकिसाेर शाह, वीरेन्द्र महताेलगायताका नेताहरू निर्वाचन आयोग गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।

उनीहरुले पार्टीको नाम पछाडि नेपाल शब्द हटाएका छन्। यसअघि जसपा दुई पटक फुटिसकेको छ। वि.स. २०७८ मा महन्थ ठाकुरले जसपा फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी बनाए। वि.स. २०७८ सालमा डा.बाबुराम भट्टलाईले जसपा फुटाएर नेपाल समाजवादी पार्टी बनाएका थिए । 

प्रकाशित: २३ वैशाख २०८१ १७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App