२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कम्युनिस्टहरुको विभाजन बारे समीक्षा हुनुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणका बारेमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताएकी छिन्।

सोमबार नेकपा (एमाले) ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

उनले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताइन्। नेपाली कम्युनिस्ट आन्दोलनको पटक–पटक टुटफुट र विभाजन भएको भन्दै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्ने सम्बन्धमा समीक्षा हुनुपर्ने उनको भनाइ थियो।

कम्युनिस्ट आन्दोलनको विभाजनको सन्दर्भमा ठोस निष्कर्ष निकाल्न नसक्दा भविष्यमा थप सफलता हासिल गर्न नसकिने उनको तर्क थियो।

‘सबै राजनीतिक दलहरुले लिएको नीति र आदर्शमा विचलित आएको छ कि भनेर बेलाबेलामा समीक्षा गर्नुपर्छ। समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अबको मूल गन्तव्य हो।’ उनले भनिन्। 

प्रकाशित: १० वैशाख २०८१ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App