५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

वर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत बताइएको छ।

त्यसैगरी आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना जनाइएको छ।

यसैबिच लामो समयदेखि गर्मीको मारमा परिरहेका बेला आगामी साता भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दुई वटा प्रणालीले आगामी सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना देखाएको र आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको बताइएको छ।

देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको र अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनले भनिन्, ‘पश्चिमी न्यून चापीय प्रणालीले नेपालसम्म बादलहरू ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्नेछ। अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ।’

प्रकाशित: २२ वैशाख २०८१ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App