१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्। उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन्।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने गरी सहमती भएको थियो। सो सहमति अनुसार माओवादीबाट नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन्। अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन्।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।

अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: १५ चैत्र २०८० १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App