२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतपेटिका संकलन र भण्डारणबारे छलफल

शनिबार भइरहेको इलाम क्षेत्र २ को उपनिर्वाचनमा मतदान, मतपेटिका संकलन र भण्डारण गर्ने प्रक्रियाबारे विभिन्न निर्णय गरिएको छ।

सदरमुकाममा शुक्रबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले कर्मचारी, दलका प्रतिनिधिलगायतले मतदान, मतपेटिका संकलन र भण्डारणमा गर्नुपर्ने कामका प्रक्रियाबारे निर्णय गरेको थियो।

निर्णयअनुसार मतपत्रमा मतदान अधिकृतको पूर्ण हस्ताक्षर भएको हुनुपर्नेछ। मतदानका क्रममा मतदान अधिकृतले मतपत्र नियन्त्रित संख्यामा मात्र निकाल्नुपर्ने, मतपत्र पट्याउँदा मसी लाग्नसक्ने र मतपत्र बदर हुनसक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनुपर्नेछ।

यस्तै, मतदानस्थलको निर्धारित क्षेत्रमा कुनै समस्या हुन नदिन आचारसंहिता विपरीतका कार्य नगर्ने/नगराउने, निषेध गरिएका स्थानमा प्रचार सामग्री कुनै पनि दलले राति टाँगेको पाइए मतदान सुरु हुनुपूर्व प्रहरीले हटाउने निर्णय पनि भएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका सिल लगाउने र कपडाले बेर्ने, मतपेटिका बोक्ने गाडीमा प्रहरी सुरक्षाकर्मी र मतदान अधिकृत बस्ने, मतपेटिका बोक्ने गाडी सँगसँगै निश्चित सहमतिको दूरीमा राजनीतिक दल/उम्मेदवारका प्रतिनिधि सँगै आउने र मतपेटिका भण्डारण सुरक्षा निकाय तथा सबै राजनीतिक दलको सहमतिमा गर्ने निर्णय बैठकले गरेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिए।

इलाम क्षेत्र २ का ७९ मतदानस्थलका एक सय ४९ केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०८१ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App