Wednesday 10 Baishak, 2071 |
Menu

राजनीति

प्रहरीमा नयाँ नियमावली,अधिकार बढाए गृहमन्त्रीले

काठमाडौं-नेपाल प्रहरीसम्बन्धी नयाँ नियमावलीले डिआइजी सरुवाको अधिकार मन्त्रिपरिषदबाट गृहमन्त्रीमा सारेको छ। सोमबार पारित ‘नेपाल प्रहरीको नियमावली– २०७१' ले मन्त्रिपरिषदमा रहेको डिआइजी सरुवाको अधिकार मन्त्रीमा तानेको हो।
विस्तृतमा पढ्नुस्

विधेयक दर्ता नभए संसद अधिवेशन अन्त्य

काठमाडौं-सरकारले दुई दिनभित्र कुनै विधेयक संसदमा दर्ता नगरे अधिवेशन अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतअनुसार कुनै विधेयक दर्ता नभए बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग व्यवस्था गर्न बनेको विधेयक पारित हुनुअघि नै अधिवेशन अन्त्य हुने सम्भावना छ।
विस्तृतमा पढ्नुस्

सभासदलाई ६० करोड बाँड्ने तयारी

काठमाडौं-सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) का नाममा संविधानसभा सदस्यलाई राज्यकोषको झन्डै ६० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ।
विस्तृतमा पढ्नुस्

उपनिर्वाचनमा विद्युतीय मतदान

चितवन– जिल्ला निर्वाचन कार्यालयले आसन्न संविधानसभा उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गराउनका लागि तयारी गरिरहेको छ।
विस्तृतमा पढ्नुस्

स्थानीय तहमा ५० प्रतिशत महिला सहभागितामा जोड

काठमाडौं– स्थानीय निर्वाचनमा महिलाको ५० प्रतिशत सिट सुनिश्चित गर्न सरोकारवाला निकाय प्रतिबद्ध हुनुपर्नेमा महिला आयोगले जोड दिएको छ।
विस्तृतमा पढ्नुस्

सर्वोच्चमा आठ स्थायी न्यायाधीश सिफारिस

काठमाडौं-न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि आठजनाको नाम सिफारिस गरेको छ। सिफारिस भएकामा सर्वोच्चको अस्थायी न्यायाधीशबाट अवकाश पाएका र पुनरावेदन अदालतका मुख्य न्यायाधीश छन्।
विस्तृतमा पढ्नुस्

बहुमतका नाममा तानशाहा: विदुक्छे

भक्तपुर-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विदुक्छेले ठूला दलहरुले बहुमतको नाममा तानशाहा लाद्न खोजेको बताएका छन्। ‘न्यालयदेखि प्रहरी प्रशासनसम्म भागवण्डामा अल्झिनु दुर्भाग्यपूर्ण हो,’ उनले भने।
विस्तृतमा पढ्नुस्

पत्‍नीसहित दाहाल नमोबुद्ध रिसोर्टमा

काभ्रेपलाञ्चोक- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्‍नी सीतासहित काभ्रेपलाञ्चोकको नमोबुद्ध रिसोर्ट पुगेका छन्। पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजनीतिक दस्तावेज लेख्‍न भन्दै अध्यक्ष दाहाल नमोबुद्धको कानोडाँडामा अवस्थित रिसोर्टमा पुगेका हुन्। पार्टीका अन्य केन्द्रीय नेता भने आज भरेसम्म आउने स्रोतले बताएको छ।
विस्तृतमा पढ्नुस्

स्ववियु चुनाव जेठ १४ मा

काठमाडौं-त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव जेठ १४ गते गराउने तय गरेको छ। कार्यकारी परिषदको सोमबारको बैठकले चुनावको मिति तय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर थापामगरले बताए।
विस्तृतमा पढ्नुस्

दस्तावेज नबन्दा एमाले महाधिवेशन ‘अनिश्चित'

काठमाडौं-राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसकेर केन्द्रीय कमिटी बैठक अनिश्चित बनेपछि नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढेको छ।
विस्तृतमा पढ्नुस्

एमाओवादी सम्मेलन तयारी तीव्र

काठमाडौ-एकीकृत नेकपा माओवादीले वैशाख १८ गतेदेखि विराटनगरमा हुने राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि तयारीलाई तीव्र बनाएको छ। सम्मेलन व्यवस्थापनका लागि संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटी नेतृत्वको मूल व्यवस्थापन समिति तयारी जुटेको छ।
विस्तृतमा पढ्नुस्

एआइजी बढुवाको बाटो खुल्यो

काठमाडौं-मन्त्रिपरिषदको विधेयक समितिले नेपालप्रहरीको प्रस्तावितनियमावलीपारित गरेपछि छमहिनादेखि रोकिएको एआइजी बढुवाको अवरोध खुलेको छ।
विस्तृतमा पढ्नुस्

संविधानसभा समिति सभापतिको चुनाव शुक्रबार

काठमाडौं-संविधानसभामा रहेका राजनीतिक दलहरूबीच सर्वसम्मति नजुट्दा संविधानसभाका समितिमा निर्वाचन प्रक्रियाबाट सभापति चयन हुने भएको छ। संविधानसभाका पाँच समितिका सभापतिमा प्रमुख तीन दलबीच सहमति जुटे पनि सबै दल सहमत नहुँदा निर्वाचन प्रक्रियामा जाने निश्चित भएको हो।
विस्तृतमा पढ्नुस्

‘काम नगरेजस्तो लागे मलाई हटाइदिनुस्’

विराटनगर-प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफूले ‘काम नगरेजस्तो लागे पदबाट हटाइदिन' आफ्नै पार्टीका आलोचक एवं सत्ता साझेदार नेतासँग रोष प्रकट गरेका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed
Our website is protected by DMC Firewall!