२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौंः गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन्।  

शुक्रवार मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन्।

उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताए। उनले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए।

सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पतीलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने उनले बताए। उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताए। उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगि गरेका मानिसहरुको सम्पती रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुने बताए।  

प्रकाशित: १४ वैशाख २०८१ १८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App