५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

‘पोस्टपार्टम’ मा गम्भीरता

यस्तो पनि !

सन्तान जन्मिएका बेला आमाहरूमा सुरु हुने अवशादलाई ‘पोस्टपार्टम डिप्रेसन’ भनिन्छ। बेलायतको बेलायत र वेल्स क्षेत्रमा यस्तो समस्याबाट हरेक वर्ष १२ सयभन्दा बढी महिलाहरू पीडित हुने गरेको एउटा अध्ययनले देखाएको छ।

रोयल कलेज अफ साइकियाट्रिस्टद्वारा जारी गरिएको अध्ययन प्रतिवेदनमा सो खुलासा गरिएको हो। पोस्टपार्टम साइकोसिस गर्भाधानपछि महिलामा हुने विशेष किसिमको मनोदशा हो।

यो ‘बेबी ब्लुज’भन्दा घातक हुने अध्ययन प्रतिवेदनमा बताइएको हो। सन्तान जन्माएको दुई पहिलो दुई सातामा सुत्केरी महिलामा दिग्भ्रम हुने, मर्न मन लाग्ने, निराश हुनेजस्ता अनेकन् समस्या देखिन्छन्। उनीहरूमा बेचैनी, निदाउन समस्या हुने तथा मूड बरोबर परिवर्तन हुने अध्येताहरूले बताएका छन्।  

प्रत्येक हजार सुत्केरीमध्ये एक वा दुई जनामा यस्तो समस्या देखिने बताइएको हो छ। यसलाई समयमा नै उपचार गर्न नसके सुत्केरीले आत्महत्या गर्ने खतरा रहने बताइएको हो।

रोयल कलेज अफ साइकियाट्रिस्टकी प्रमुख क्रेसिडा मेनिङ भन्छिन्, ‘पोस्टपार्टम साइकोसिसले बालबालिका तथा आमा दुवैको स्वास्थ्यका लागि खतरामा पार्ने गर्छन्। कहिलेकाहीँ तिनका सन्तान नै खतरामा पर्ने अवस्था हुनसक्छ। यस्तो अवस्थामा उनीहरूले वैयक्तिक सेवा–सुश्रुषा नपाए हृदयमा गम्भीर चोट लाग्ने सम्भावना हुन्छ र त्यस चोटले जीवनभर उनीहरूलाई सताउँछ।’

यस्तो अवस्थामा सरकारले गर्भधारण गरेका महिलादेखि सुत्केरी भएका दुई वर्षको अवधिमा महिलाको स्वास्थ्यका लागि कार्यक्रम बनाउन र जनजनमा पुर्‍याउन ढिला भइसकेको मेनिङ बताउँछिन्।

यता बेलायती सरकारले पनि सर्वसाधारणको मानसिक स्वास्थ्यलाई महत्व दिएको बताउँदै डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरका प्रवक्ताले सन् २०१९ यता यस विधामा सरकारले पाँच खर्ब रूपैयाँभन्दा बढी खर्च गर्न थालेको जनाएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २३ वैशाख २०८१ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App