१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

युएइमा पराजुलीको कविता कन्सर्ट

युएइ –साहित्यकार तथा कवि नवराज पराजुलीको कविता कन्सर्ट युएईमा सम्पन्न भएको छ। सृजना वाचन डबली तथा ट्राभहिल डट कमले आयोजना गरेको कविता कन्सर्टमा  कवि पराजुलीले आफ्नो प्रस्तुति दिएका थिए।  यो वर्षको पद्मश्री पुरस्कारबाट विभुषित “सगरमाथाको गहिराई” का सर्जक कवि पराजुलीको मध्यपूर्व  यात्रा भने यो पहिलो हो। 

म धेरै देशहरु पुगेको छु तर मध्यपूर्वमा भने म पहिलो पटक आएको हुँ पराजुलीले  भने‘ त्यसैले पनि आज धेरै नर्भस छु।’
 उनले भने, ‘सरमाथाको गहिराई कविता लेख्दा एक दिन अरब नै गएर कविता वाचन गर्ने सपना देखेको थिए आज म त्यही ठाउँमा छु त्यसैले त्यो कविता कसरी भन्ने आट आएको छैन।

पराजुलीले सगरमाथाको गहिराई, च्याउ, खोया, रुख र ह्याप्पी बर्थ डे कविता कविता सुनाएका थिए।
 
पराजुलीको कविता सुन्न दर्जनौ नेपालीहरू उपस्थित भएका थिए । पराजुलीले कविता सुनाइरहँदा  नेपाली दर्शकहरू भावुक देखिन्थे । कार्यक्रममा कवि पराजुलि र साहित्यकार मन्जु काचुलीलाई सम्मान गरिएको थियो।  

प्रकाशित: १० चैत्र २०७४ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App