१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार आरोपी ससुरालाई जोगाउन परपञ्च गर्ने सासु प्रहरीको फन्दामा

वीरगन्ज – बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन एक जना महिलाले पीडित बुहारीका बाबुउपर आफूमाथि बलात्कार गरेको अर्को फर्जी मुद्दा दर्ता गराउन आएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। आफै अधिवक्ता रहेको भनिएका वीरगन्ज महानगरपालि १३ राधेमाई टोलमा बस्ने ५० बर्षे मन्सुर बाबु सिद्दकीले आफ्नी कान्छी श्रीमतीतर्फका छोरा कि पत्नीलाई गत मंसिर १८ गते घरभित्रै बलात्करको प्रयास गरेको मुद्दामा फरार छन्। उनलाई जोगाउन पीडित बुहारीका बाबुउपर झुठो मुद्दा दिएपछि प्रहरीले मंसुरकी कान्छी श्रीमती सकिला खातुनलाई पक्राउ गरेको हो।

फरार रहेका आरोपित मन्सुरलाई कानूनी कारबाहीबाट उन्मुक्ति दिन उनकी कान्छी श्रीमती सकिला खातुनले पीडित बुहारीका बाबु बाराको बेल्दारी श्रीपुर घर भएका तैयब अन्सारी उपर बलात्कारको मुद्दा दिएकी छिन्। बाबु उपर मुद्दा दर्ता भएपछि पीडित बुहारीले दिएको आरोपी सिद्दकी उपरको मुद्दामा मिलापत्र गरेर फिर्ता लिन बाध्य हुने रणनीति तहत सकिलाले फर्जी मुद्दा लिएर आएको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ।

पहिले उनीहरुले मिल्ने दबाव दिँदै आएकोमा सफल नभएपछि ४ गते राति घरमै आएर बलात्कार गर्न खोजेको आरोप लगाउँदै सम्धी उपर जिल्ला प्रहरी कार्यालय पर्सामा सकिलाले उजुरी दिएकी छिन। बुहारीकै साथमा आएका उनका बुबा तैयबले बुहारीकै सामुन्ने आफूसंग जबरजस्ती कपडा खोल्न लगाएर कुटपिट गर्दै बलात्कार गर्न खोजेको उजुरीमा उल्लेख छ। महिला प्रहरीले अनुसन्धानका क्रममा केरकार गरेपछि सकिलाले आफूले सम्धीउपर झुठो आरोप लगाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए।

बलात्कारको प्रयासको आरोप लागेको सिद्दकीलाई जोगाउन उनकी कान्छी श्रीमतीले बुहारीका बुबा (सम्धी) उपर बलात्कारको झुटा आरोप लगाउने सकिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित बुहारीले दिएको उजुरी अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित ससुरा मन्सुरविरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर लगत्तै उनी फरार रहेको पर्साका प्रहरी उपरीक्षक रेग्मीले बताएका छन्। कहिले सिमापारी भारतमा गइ बस्ने र कहिले काठमाडौंमा लुकीछिपी बस्ने गरेकोले उनलाई पक्राउ गर्न नसकिए पनि घट्नाका मतियार उनकी कान्छी श्रीमतिलाई आफूहरुले अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले जानकारी गराए।

प्रकाशित: ८ चैत्र २०७४ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App