१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताको घरघरमा पुगी समस्या समाधान गर्छौं : देउवा

नुवाकोट– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा बसेर जनताको घरघरमा पुगी समस्याको समाधानमा लाग्ने बताएका छन्।  

बुधवार नुवाकोटमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै देउवाले जनता नै सर्वस्व भएकोले वेवास्था गरेमा पार्टीको औचित्य नरहने बताए। ‘जनतालाई नै सडकमा ल्याउन पर्ने अवस्था आउन सक्छ त्यसैले जनताकै मागलाई सम्वोधन गरेर मात्र हामी भोलिको बाटो पहिल्याउनु पर्छ’, देउवाले भने, ‘अहिलेदेखि नै अब आउने चुनावको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दछु।’ 

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सोच्दै नसोचेको परिणाम प्राप्त गर्नु पार्टीभित्रका विवाद तथा गुटगत प्रवृत्ति नै भएको देउवाले स्वीकार गरेका छन्। ठूला नेताहरुले हार्दा आफूले बल्लबल्ल जित हासिल गरेको बताएका छन्। 

यस्तै सम्मेलनमा सहभागी भएका पार्टाीका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सिद्धान्त राम्रो भएको तर, नेता र कार्यकर्ताले जनतालाई त्यसको विशेषता बुझाउन नसक्दा निर्वाचन हारेको बताएका छन्। क्रियाशिल भएर पार्टी सुदृढिकरणमा लागेमा आगामी दिनमा सुधार हुने विश्वास पौडेलले लिएका छन्। 

काँग्रेस महामन्त्री डाक्टर शंशांक कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा भएका विकासको प्रचार गर्न नसक्नु अनि आन्तरिक प्रतिस्पर्धामा गुट र उपगुटमा फस्नु नै अहिलेको पराजय भएको बताएका छन्। 

उदघा्टन समारोहमा बोल्दै कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह,  लगायतले पार्टी एकता आजको आवश्यकता रहेको बताएका छन्। 

जननायक गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथीको अवसरमा नुवाकोटमा बुधबारदेखि शुक्रबारसम्म चल्ने सम्मेलनले कांग्रेस जिल्लाका कोषहरुलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउने विश्वास लिएको कोषाध्यक्षहरुको संयोजक गोबिन्द पुडासैनीले बताए। 

प्रकाशित: ७ चैत्र २०७४ १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App