१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एमेच्योर ओपन गल्फ हुने

काठमाडौं – नेपाल गल्फ संघले बुधबारबाट गोकर्ण फरेस्ट गल्फ रिसोर्ट एन्ड स्पाको कोर्समा नेपाल एमेच्योर ओपन प्रतियोगिता गर्ने भएको छ।
 
तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित बंगलादेश र भुटानका एमेच्योर गल्फरले उपाधिका लागि ५४ होलको प्रतिस्पर्धा गर्नेछन्। कुल ४९ खेलाडी सहभागी हुने प्रतियोगिताको पहिलो दुई दिनमा ३६ होलको खेल समाप्तिपछि अन्तिम दिनका लागि शीर्ष ३० खेलाडी छनोट गरिनेछ।
 
प्रतियोगिताअन्तर्गत टिम च्याम्पियनसिपको छुट्टै प्रतिस्पर्धा पनि हुने बताइएको छ। जहाँ सहभागी सबै देशले दुई÷दुई खेलाडी मनोनयन गर्नेछन्। भ्रमणकारी दुई देशबाट एकका दरले टिम सहभागी हुनेछन् भने आयोजकका नाताले नेपालले भने तीन टिम सहभागी गराउनेछ। 

नेपालको टिम ‘ए’ मा टंक कार्की र शुक्रबहादुर राई छन् भने ‘बी’ मा सुरेश तामाङ र अजित बिके छन्। यसै गरी टिम ‘सी’ मा निरज तामाङ र युवराज भुजेल छन्।

प्रकाशित: ७ चैत्र २०७४ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App