१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यती एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

काठमाडौं- यती एयरलाइन्सको जहाज दुर्घटनाबाट बचेको छ। काठमाडौंबाट ४:४० मा भैरहवाको लागि उडेको जहाज ५:११ मा गौतम बुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको पाँग्रा ‘लक’ भएको थियो। धावनमार्गमा कुदिरहँदा पांग्रा लक भएपछि अन्य वायुसेवा कम्पनीका उडान समेत प्रभावित भएका थिए। जहाजमा २६ यात्रु रहेको र सबै यात्रु सकुसल रहेकोर रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए।

जेटस्ट्रिम-४१ सिरिजको यो जहाज २९ सिट क्षमताको छ। यतीसँग यस्ता जहाज ५ थान छन्। यतीको जहाज धावनमार्गमा अड्किएपछि अवतरणको लागि आइरहेको वुद्ध एयरको जहाज ३५ मिनेट आकासमै होल्ड भएको थियो। त्यति समयमा पनि जहाज धावनमार्गबाट हटाउन नसकिएपछि वुद्धको जहाज काठमाडौं फर्किएको छ। भैरहवा जाने तयारीमा रहेको श्री एयरलाइन्सको जहाज काठमाडौं बाटै उडेन। यतिको जहाज धावनमार्गबाट नहटेसम्म गौतम वुद्ध विमानस्थलमा उडान अवतरण हुन सक्दैन।

प्रकाशित: ४ चैत्र २०७४ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App