२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्वकर्मचारीसँग देउवाले भने– आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत दिलाउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्तिसहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए।

उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने र जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने उनको भनाइ छ।

उनले भने, ‘नेपाली जनताको उन्नति र प्रगति काँग्रेसको अपूर्ण अभिष्ट हो। यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ। त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईंहरुले दिएको अनुभव महत्वपूर्ण छ। आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत दिलाउने अभियानमा सफल हुनु हुने छ भन्ने विश्वास लिएको छु।’

यस्तै, सभापति देउवाले पार्टी बलियो बनाउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्न आवश्यक रहेको बताए।

प्रकाशित: १४ वैशाख २०८१ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App