१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र बंगलादेशका नागरिक उड्डयन मन्त्रीबीच शिष्टाचार भेट

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एके एम शाहजाह कमालसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको युएस बंगलाको विमान दुर्घटनालाई दुःखद भनेका छन्। मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका छन्। नेपालको यो सहयोगका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदना सहित सहानुभूति प्रकट गरेका छन्। प्रधानमन्त्री ओलीले घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका छन्। आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताएका थिए।

प्रकाशित: ३० फाल्गुन २०७४ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App