१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मंगलबार मुख्यमन्त्रीले विश्वास लिने

धनगढी- प्रदेश ७ मा प्रदेश सभाको आइतबार सम्पन्न चौथो बैठकले कार्यब्यवस्था परामर्श समिति र नियमावलि मयौदा समिति गठन गरेको छ। १४ दिनपछि आइतवार चौथो प्रदेश सभाको बैठक बसेको हो। संसदमा विजनेस नहुदाँ गत फागनु ६ गते उपसभामुख चयन गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।

आइतवार दिउँसो २ बजे बसेको प्रदेश सभाको बैठकले अन्तरिम कार्यविधि दफा १५ बमोजिम प्रदेश सभा कार्य व्यवस्था परामर्श समिति र सविधानको धारा १ सय ९४ बमोजिम प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको हो।

कार्यब्यवस्था परामर्श समितिमा सभामुख अर्जुन बहादुर थापाले तारा लामा तामाङ, कृष्णराज सुबेदी, अर्चन गहतराज, अंकल बहादुर रावल, वीरभान चौधरी, भरत बहादुर खड्का, डा. रण बहादुर रावल, मानमति कुमारी रानालाइ मनोनित गरी अनुमोदनमा लागी बैठकमा पेश गरेका थिए। सभामुख, उपसभामुख, कानुनमन्त्री सहित यो समिति ११ सदस्यीय हुने समितिमा मनोनित सदस्य तारालामा तामाङले बताए।

प्रदेश सभा बैठकमा पेश हुने नियमको प्राथमिकता, समयको निर्धारण लगायतका कार्य गर्नका लागि प्रदेश सभा कार्य व्यवस्था परामर्श समिति गठन गरिएको हो।

प्रदेश सभा संचालन नियमावलि मस्यौदा निमार्णका लागि एमालेका प्रदेश सभा सदस्य तारालामा तामाङले  प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा नेपाली काग्रेसका टेकबहादुर रैका आउजीले समर्थन जनाएका थिए।

प्रदेश सभा बैठकका कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न, विभिन्न समिति गठन र काम कारबाही नियमित गर्नका लागि नेपालको सविधानका धारा १ सय ९४ बमोजिम नियमावली मस्यौदा समिति गठन गरिएको हो।

समितिमा लिलाधर भट्ट, पूर्णा जोशी, महेशदत्त अवस्थी, टेक बहादुर रैका र कृष्ण चौधरी रहेका छन । यी सदस्यहरुको बैठकले समितीको संयोजक चयन गर्ने छ।

बैठकमा सभामुख थापाले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको पत्र पढेर सुनाएका थिए।

मुख्यमन्त्रीले फागुन २२ गते बिश्वासको मत लिने

मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन २२ गते वस्ने प्रदेश सभा बैठकमा बिश्वासको मत लिने छन । नेपालको सविधानको धारा १ सय ६८ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ३० दिनभित्र बिश्वासको मत प्राप्त गर्नुपर्ने भएकाले विश्वासको मत प्राप्त गर्न बैठकमा निर्णायत प्रस्तुत गरिदिन मुख्यमन्त्रीको कार्यालयवाट फागुन १७ गते पत्र प्राप्त भएको शभामुखले बैठकलाई जानकारी गराएका थिए । फागुन २२ गते दिउसो २ बजे वस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सभामुखले बैठकमा जानकारी गराए।

यस अघि विशेष समयमा बोल्दै नेपाली कांग्रेस डोटीका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश  राजधानीका लागी दिपायलमा आन्दोलन भइरहेको बताएका थिए । राजपाका सासंद कृष्ण चौधरीले कैलाली क्षेत्र नम्बर १ वाट निर्वाचित प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीले प्रमाणपत्र पाउनु पर्नेमा जोड दिएका थिए। दार्चुलाका प्रदेश सभा सदस्य मानबहादुर धामीले दार्चुलाको चमेलिया जलबिद्युत लगायतका बिकासका वारेमा चर्चा गरेका थिए । कैलालीका प्रदेश शभा सदस्य डा रणबहादुर रावलले टीकापुरम २१ बर्षिय युवा करन थापाको हत्या भएपछि तनाव ग्रस्त भएको उल्लेख गर्दै अपराधीको खोजी गरि कारवाही गर्न माग गरे । अछामका प्रदेश सभा सदस्य दुर्गा बहादुर कामीले  अछाम लगायतका पहाडी जिल्लाको विकासमा जोड दिनुपर्ने बताइन् । कैलालीका प्रदेश सभा सदस्य नेपालु चौधरीले हुलाकी सडक निर्माण छिटो हुनुपर्ने र सिमा समस्या समाधान हुनुपर्नेमा जोड दिएका थिए।

 

प्रकाशित: २० फाल्गुन २०७४ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App