मुख्यमन्त्री नियुक्त: प्रदेश २

'समृद्ध प्रदेश बनाउँछु'

बिहिबार, ०३ फागुन २०७४, ०७ : ५३ सुरेश यादव


जनकपुरधाम – संघीय समाजवादी फोरम नेपाल, प्रदेशसभा संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ को मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा (२) बमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रदेशसभाको ठूलो दल संघीय फोरमका राउतलाई मुख्यमन्त्री बनाउन दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) ले साथ दिएको छ । यो प्रदेशमा सरकार गठनका लागि कुनै एक दलको बहुमत छैन । राजपाले राउतलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि दुई दल मिलेर प्रदेशसभा सरकार गठनका लागि बहुमत पुगेको छ। 

मुख्यमन्त्रीमा नियुक्त भएबित्तिकै राउतलाई एउटा गाडी र सुरक्षाकर्मी उपलब्ध गराइएको छ । बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि उनलाई झण्डावाल गाडी र संघीय सरकारको मन्त्रीसरह सुविधा प्रदान गरिने आन्तरिक मामिला तथा कानुन सचिव देवीराम भण्डारीले बताए । राउतलाई बिहीबार दिउँसो साढे १२ बजे प्रदेश प्रमुख कायस्थले सपथ ग्रहण गराउने कार्यक्रम छ । 

राउत प्रदेशसभा सदस्यमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन्। फोरम केन्द्रीय उपाध्यक्षसमेत रहेका उनले मुख्यमन्त्रीकै चाहना राखेर प्रदेशसभामा चुनाव लड्ने निर्णय गरेका थिए। 

५१ वर्षीय राउत पूर्णकालीन राजनीतिमा लाग्नुअघि प्राध्यापक र ‘हाकिमसाप’ भनेर चिनिन्थे । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झन्डै २० वर्षसम्म प्राध्यापन गरेका उनी केही वर्ष तत्कालीन वीरगन्ज नगरपालिकाको अधिकृत  पनि भएका थिए ।   राउत २०५८ सालमा सरकारी जागिर त्यागेर सक्रिय राजनीतिक यात्रामा लागेका हुन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट राजनीतिक यात्रा सुरु गरेका उनी दोस्रो जनआन्दोलन र मधेस आन्दोलनबाट परिपक्व भएको  सहयात्री विजय यादव बताउँछन् । राउत सिंहदरबारको अधिकार गाउँमा ल्याउन आफू राजनीतिमा लागेको बताउँछन्। 

राउतले अंगेजी विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुन् । समान्य परिवारमा जन्मे–हुर्केका उनी बाल्यावस्थादेखि नै प्रगतिशील स्वभावका थिए । पर्सा जगरनाथपुरका स्थायी बासिन्दा राउत हाल वीरगन्ज–१३ मा बस्दै आएका छन् । मुस्लिम समुदायका भए पनि राउतको घरमा हिन्दु धर्मका देवीदेवताको पूजाआजा हुने गरेको छ । राउतले बुधबार मुख्यमन्त्रीको नियुक्ति लिनुअघि साइत हेरेर समय मिलाएको र बिहीबार शपथका लागि पनि साइत मिलाइएको समकक्षी एवं प्रदेशसभा सदस्य रामआशीष यादवले बताए । ‘उहाँ (राउत) आफैं हिन्दु धर्मप्रति पनि सद्भाव राख्नुहुन्छ’, यादवले भने। 

करिब दश बिघा जमिनका मालिक राउतका बाबु दशरथ र भाइ रामबाबु पूर्ण किसान हुन् । राउतका हजुरबुवा खलिफा थिए । मधेशमा खलिफा भनेको नामी पहलमान बुझिन्छ । तराईका यादव समुदायमा दुई पुस्ता अघिसम्म सबैजसो गाउँमा पहलमान हुन्थे । अहिले पनि तराई मधेसका कतिपय गाउँमा दीपावली र दसैं मेलामा पहलमानी (कुस्ती) प्रतियोगिताको चलन कायमै छ । ‘मेरो बुवा पनि खलिफा भनेर चिनिनुहुन्थ्यो । बाल्यावस्थामा हल्काफुल्का कुस्ती आफूले खेले पनि शिक्षातर्फको आकर्षणले आज मुख्यमन्त्रीसम्म भइयो’, उनले भने। 

‘समृद्ध प्रदेश बनाउँछु’
मुख्यमन्त्री नियुक्त भएपछि राउतले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहयोग लिएर अघि बढ्ने बताएका छन् । ‘विपन्न प्रदेशको उपमा पाएको प्रदेशलाई समृद्ध बनाउन मेरो प्राथमिकता रहनेछ’, उनले सञ्चारकर्मीसँग भने, ‘यसका लागि सबैको सहयोग आवश्यक छ ।’ उनले आफूले गल्ती गरे खबरदारी गर्न र राम्रो गरे प्रोत्साहित गर्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले राजपाको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताए । प्रदेशसभामा ठूलो दलको हैसियतले फोरम नेतृत्वमा सरकार बन्न लागेको हो ।

सभामुख यादवले हिन्दीमा लिए शपथ

जनकपुरधाम– प्रदेश २ का सभामुख सरोजकुमार यादवले बुधबार हिन्दी भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । राजपा सांसद यादव प्रदेश २ को प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालको समर्थनमा सभामुख भएका हुन् । सो पदका लागि यादवको मात्रै उम्मेदवारी परेपछि बुधबार उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। 

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा  यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनले हिन्दी भाषामा शपथ लिएका। 

रौतहट निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित यादव राजपाका केन्द्रीय उपाध्यक्ष पनि हुन् । सभामुख पदको शपथ लिएपछि यादवले समृद्ध प्रदेश निर्माणका लागि प्रदेशसभा र सरकारबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताए।  

शपथग्रहण समारोहमा सहभागी राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले मधेस आन्दोलनको एक चरण पूरा भएको बताए । उनका अनुसार सबैले इमानदारीपूर्वक काम गरेमात्रै सहिदको सपना साकार हुनेछ । 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...