१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विषालु ग्यास हमलाको आशंका

दमास्कस – विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लिब प्रान्तमा सिरियाली सरकारले विषालु ग्यास हमला गरेको आशंका गरिएको छ ।

विद्रोहीका नियन्त्रणमा रहेको इड्लिबमा क्लोरिन ग्यासले भरिएको बम आक्रमण गरिएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् । बम आक्रमणमा घाइते भएका नौ जना मानिसमा श्वासप्रश्वास र आँखा पोल्ने समस्या देखिएको उनीहरुले बताएका छन् ।इड्लिब प्रान्तको सराकेबमा भएको सरकारी आक्रमणमा परी घाइते हुनेमध्येमा आफ्ना तीन उद्धारकर्ता पनि रहेको सिरियाली नागरिक सुरक्षाले बताएका छ । सराकेब सहरका १५ नागरिकलाई अस्पताल लगिएको एक चिकित्सकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिरियाली विपक्षीले बम सरकारी हेलिकप्टरबाट खसाइएको बताएका छन् । आकास माथि हेलिकप्टरहरू उड्दा एक किसिमको नराम्रो गन्ध आएको स्थानीयवासी र स्वास्थ्य कर्मचारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सरकार र रुसको हवाइ हमलामा परी इड्लिबकै अन्य क्षेत्रमा अन्य २० जनाको मृत्यु भएको बताइएको छ । विद्रोहीले रुसको सु–२५ युद्धक विमानलाई खसालेर चालकलाई मारेको एक दिनपछि सिरियाली सरकार र रुसले कडा हवाइ हमला गरेको बताइएको छ । विपक्षी फौजविरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्ने आशंकालाई सिरियाली सरकारले भने खण्डन गरेको छ ।

सिरियाको विपक्षी गठबन्धनले विज्ञप्तिमार्फत सरकारी सेनाले गरको ग्यास आक्रमणलाई निहत्था नागरिकमाथि रुस र असाद शासनले गरेको क्रुर नरसंहारको संज्ञा दिएको छ । उसले यस विषयमा सुरक्षा परिषद्को ध्यानाकर्षण गराउँदै तत्काल संकल्प प्रस्ताव पारित गर्न मागसमेत गरेको छ । उसले रुसले सिरियाली नागरिकमाथि नरसंहार मच्चाएको आरोप पनि लगाएको छ ।

 

प्रकाशित: २३ माघ २०७४ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App