१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीबाट ७ घर जले, एक घाईते

रोल्पा- सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्। खरका छाना भएको सात घर पूर्णरुपमा जलेर खरानी भएको प्रहरी निरीक्षक सुर्दशन पन्थीले बताए। स्थानीयहरु, खुंग्रीबाट खटिएको प्रहरी टोलिको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। रात परि सकेकाले आगलागीबाट भएको क्षतिको एकिन गर्न नसकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानिय नगेन्द्र पुनका छोरा करिब ६ वर्षिय आयुष पुन आगलागीमा परी घाइते भएका छन् । घाइते आयुषको निधार र हातमा आगोले पोलेको बताइएको छ । त्यस्तै केहि चौपाया पनि जलेर मरेका छन् । आगलागी कसरी भएको भन्ने अझै पुष्टि भइनसकेको भएपनि बालबच्चाले खेल्नेक्रममा लगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको घटनास्थल स्थानीयले बताए।

प्रकाशित: १३ माघ २०७४ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App