बौद्धिक पलायनको सान्दर्भिकता

मङ्गलबार, ०७ कार्तिक २०७४, ०८ : ४३ डा सुभाष पोखरेल


बौद्धिक व्यक्तिहरू नेपालमै बसेर क्षमताअनुसारको काम गर्नु उचित कि पढे÷लेखेका मानिस विदेशमा गई आफ्नो सिप बेच्न ठीक भन्ने सम्बन्धमा धेरै तर्क÷वितर्क भए । पढे÷लेखेका मानिस नेपालमा बसेर काम नगरेका कारण देशले सही मार्ग समाउन सकेन भन्ने तर्कसँग असहमत हुन सक्ने अवस्था देखिन्न । तर जन्म दिने बाबु÷आमालाई हेरचाह गर्न त हिच्किचाउने मानव जाितले आफ्ना व्यक्तिगत आकांक्षालाई कुण्ठित गरेर देश सेवा गर्न तत्पर हुन्छ त ? भन्ने प्रश्न टड्कारोरूपमा उठ्छ नै ।

संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो ज्ञानलाई मानव हितमा खर्चिनु नै बौद्धिक पलायनताको प्रथम मन्त्र भएकाले विदेशमा बस्ने र स्वदेशमा रहने बौद्धिक ब्यक्तित्वबीच विज्ञानका सम्भाब्य क्षेत्रमा सहकार्यको थालनी गर्नु आजको आवश्यकता हो ।   

अवसरका लागि एक स्थानबाट अर्को ठाउँमा सर्ने मानवमात्रको विश्वव्यापी परिपाटी देखियो । थप सुखको लोभमा गाउँका मानिस नगर पस्ने, सहरका बासिन्दा राजधानी सर्ने अनि काठमाडौँबाट विदेश जाने हो । आफूलाई केन्द्रमा राख्ने अन्तरनिहित स्वभावका कारण हामी थप लाभका लागि एक स्थानबाट अर्को स्थानमा भौतारिन्छाँै भन्छ अर्थशास्त्रको उद्यमीशील सिद्धान्तले । मानिसको त्यही असन्तोषी स्वभावले नै आधुनिक आविष्कारलाई सम्भव बनायो भन्छ वैज्ञानिक समुदाय । त्यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको इन्डियाना विश्वविद्यालयका प्राध्यापक क्यासिडी सुगिमोतोले गत महिना अनुसन्धानात्मक पत्रिका ‘नेचर’ मा एउटा अन्वेषण प्रकाशित गरे । विज्ञानलाई केन्द्रमा राखेर गरिएको उक्त उत्खननले सन्तोषी भएर एकै स्थानमा बसेर अनुसन्धान गर्ने वैज्ञानिकको तुलनामा आवश्यकताअनुसार स्थान परिवर्तन गरी अन्वेषण गर्ने साइन्टिस्टहरू बढी उत्पादनशील हुने देख्यो । बसाइँ सराइ गर्ने मानिस रैथाने बासिन्दाभन्दा चलाख हुन्छ भन्ने मान्यता वैज्ञानिकको हकमा समेत सत्य देखियो ।

नेपालमा अधिकांश विद्यार्थीको चाहना स्कुलपछि उच्च शिक्षा हासिल गर्न विदेश जाने देखिन्छ । थप तालिमका अवसर विज्ञानमा अधिक रहने हुनाले अन्य विषयको तुलनामा साइन्सका विद्यार्थीलाई प्रवास जान सहज देखियो । त्यसैले पनि रसायनशास्त्र, भौतिकशास्त्र, कृषि, इन्जिनियरिडलगायतका विज्ञान तथा प्रविधि क्षेत्रमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थी सहजै विदेशका राम्रा महाविद्यालयमा भर्ना भएको देखिन्छ । नाम दर्ता हुनुमात्र होइन, उनीहरूले आआफ्ना क्षेत्रमा राम्रो हैसियत कायम गरेको देखिन्छ । विदेशी विश्वविद्यालयमा राम्रो क्षमता प्रदर्शन गर्नुले हाम्रा विद्यालयको पढाइ कमसल छैन है भन्ने सन्देशमात्र दिएको छैन बरु अवसर पाएको खण्डमा नेपालीहरू अब्बल अध्ययन अनुसन्धानका लागि समेत काविल छन् है भन्ने सन्देश दियो । विज्ञान तथा प्रविधिको क्षेत्रमा विदेशी छात्रवृत्तिहरू तुलनात्मकरूपमा सहज हुने र उच्च शिक्षा हासिल गरेपछि साइन्सका दीक्षितहरूले सहजै स्थायी बसोबासको अवसर पाउने भएकाले यस लेखलाई पनि विज्ञानमा सीमित गरियो ।

ठूलो संख्यामा उच्च बौद्धिक क्षमता भएका व्यक्तिहरूले जन्मभूमि छाडी पराया देशमा आफ्ना दिमागी योग्यता खर्चिनुलाई ब्रेन डे«न वा बौद्धिक पलायन भनिन्छ । एउटा देशबाट पलायन भएका वैज्ञानिक अर्को मुलुकमा आश्रय लिन्छन् । त्यसैले एक देशको ब्रेन ड्रेन अर्को राष्ट्रका लागि ब्रेन गेन हुन्छ । राम्रो अवसरका लागि वैज्ञानिकहरू सम्पन्न मुलुकमा गएर काम गर्ने भएकाले जहिले पनि विपन्न मुलुक ब्रेन ड्रेनको सिकार हुन्छ भने संभ्रान्त मुलुकले बौद्धिक लाभ पाउँछ । उच्च कोटीका वैज्ञानिकले नवीन आविष्कार गर्ने अनि आधुनिक रचनाले प्याटेन्टमार्पmत व्यापारिक एकाधिकार कायम गर्छ । व्यावसायिक एकाधिकारका कारण सम्पन्न मुलुक अझ धनी हँुदै जान्छन् । उदाहरणका लागि चीनमा बनेको आइफोन नेपालमा बिक्री हुन्छ तर त्यसको मुनाफा भने संयुक्त राज्य अमेरिकामा रहेको कम्पनी ‘एप्पल’ ले पाउँछ । आइफोनलाई वर्तमान ढाँचा दिने क्रममा विदेशबाट आएका हजारौँ वैज्ञानिकले आफ्नो दिमाग खर्चिएको यथार्थ बिर्सन सकिन्न ।

अमेरिकाको साल्टलेक सिटीस्थित युनिभर्सिटी अफ युटाहमा विद्यावारिधि अनुसन्धानकर्ताका रूपमा यस पंक्तिकारले प्रवेश गर्दा त्यहाँ दुई वैज्ञानिक शिखरमा थिए । इटालीमा जन्मिएका मारियो कापाकी र भारतीय बेकटारमन रामक्रिस्ननको वैज्ञानिक आविष्कारको निकै चर्चा थियो युटाहमा । ३ हजार प्राध्यापक भएको विश्वविद्यालयमा दुई आप्रबासी वैज्ञानिकको अनुसन्धान सर्वाधिक चर्चामा रहनुको कारण त्यसबेला हेक्का गर्न कठिन रहे पनि गत हप्ता सार्वजनिक भएको प्राध्यापक सुगिमोतोको उत्खननले थप प्रस्ट्यायो ।

पछि प्राध्यापक मारियो कापाकीले आनुवांशिक पदार्थ ‘जिन’ लाई प्राणीमा आवश्यकताअनुसार कसरी थपघट गर्ने भन्ने विधि आविष्कार गरेबापत २००७ मा आयुविज्ञान विषयको नोबल पुरस्कार पाए । त्यस्तै क्रिस्टलोग्राफी प्रविधिको प्रयोगमार्पmत जीवमात्रको सुक्ष्म कोषिकामा प्रोटिन बनाउने कारखाना राइबोजाइमको ढाँचा ठहर गरेबापत डा. रामक्रिस्नन सन् २००९ मा रसायनशास्त्रतर्पmको नोबल पुरस्कारबाट विभूषित भए । जीवमात्रका लागि अत्यावश्यक तŒव प्रोटिन बनाउने कारखानाका रूपमा रहने राइबोजाइमको स्वरूपको उपभोग गरेर नवीन प्रतिजैविक एन्टिबायोटिक्स उत्पादन गर्न सकिने भएकाले उनको आविष्कारले बेग्लै महŒव राख्थ्यो । बढी सान्दर्भिक हुने भएकाले यस लेखमा प्राध्यापक रामक्रिस्ननको चर्चा गरियो ।

सन् २०११ मा यस पंक्तिकार क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, क्याल्टेकमा अनुसन्धानरत रहँदा अतिथिका रूपमा आएका प्राध्यापक रामक्रिस्ननसँग साक्षात्कारको अवसर जु¥यो । सान्दर्भिक देखेर यहाँ पस्कने जमर्को गरेँ । कुराकानीकै क्रममा उनले भारतमा कलेज तहको शिक्षा लिएको आफूले अमेरिकाको ओहायो युनिभर्सिटीबाट फिजिक्समा विद्यावारिधी गरेकोमात्र कहेनन्, बरु पिएचडीपछि जागिर नपाएको यथार्थ पनि भन्न भ्याए । फिजिक्सको अध्ययनले जागिर नपाउने देखेपछि हरेस नखाइकन युनिभर्सिटी अफ क्यालिफोर्निया स्यान्डियागोमा बायोलोजीको पिएचडी प्रोग्राममा पुनः भर्ना भएको बताए । तर थप अध्ययनपछि समेत आफूले ५० भन्दा अधिक विश्वविद्यालयमा आवेदन गर्दासमेत कतैबाट जागिर नपाएपछि विकल्प खोज्ने क्रममा बाध्यतावस पोस्टडक्टरल तालिम गरेको बताए । सामान्यतः बायलोजीको क्षेत्रमा ४–५ वर्षको तालिमपछि वैज्ञानिकहरू विश्वविद्यालयमा प्राध्यापक बन्छन् । तर, उनको हकमा बायलोजी फिल्डको अभ्यास अपवाद बन्यो । झण्डै २ दशक उच्च अनुसन्धानात्मक तालिम गरेर ख्याति पाएपछि मात्र उनले युनिभर्सिर्टी अफ युटहामा पूर्ण प्राध्यापकका रूपमा जागिर पाए । पछि साल्टलेक सिटीमा गरेको आविष्कारले उनलाई विश्वविख्यात वैज्ञानिक बनायो । प्रसिद्धिपछि, हिजो जागिर नपाएर भौतारिँदा कुनै वास्ता नगर्ने विश्वविद्यालयले उनलाई आफ्नो कलेजमा आएर काम गर्न अनुरोध गरे । अमेरिकी सभ्रान्त कलेजको आग्रहलाई लत्याउँदै उनी अन्ततः बेलायत हानिए ।

अमेरिकाकै उच्चतम स्तरमा रहेका महाविद्यालयहरूले माग गर्दागर्दैैै नोवल पुरस्कार पाउने स्तरको आविष्कार गरेको व्यक्ति के कारणले अमेरिका छाडी बेलायत पलायन भएको भन्ने प्रश्नमा उनको जवाफ मार्गदर्शक थियो । व्यक्तिगत लाभ तथा अनसन्धानका लागि मनग्य स्रोत र साधन जुटाइदिने बेलायतबाट आश्वासन पाएपछिमात्र आफू संयुक्त अधिराज्य आएको भन्ने प्राध्यापकको जवाफले व्यक्तिगत फाइदा र अवसरले मानिसलाई सधँै डोहो¥याउँछ भन्ने नै देखायो । त्यस्तै, विज्ञानको अध्ययन कठिनमात्र छैन, बरु उच्च शिक्षा हासिल गर्दासमेत जागिर सहज छैन भन्ने उदाहरण हुन् वैज्ञानिक रामक्रिस्नन । एउटा बाटोबाट लक्ष भेदन गर्न नसके मार्ग परिवर्तन गर्न हिच्किचाउनु हँुदैन भन्ने आदर्शसमेत हुन् उनी ।

अब अर्को पाटो हेरौँ । कदाचित रामक्रिस्ननले आफू ब्रेन ड्रेनमा सहभागी नहुने बरु भारतमै पसिना बगाउने भनेर बसेका भए के उनले नोबल पुरस्कार पाउँथे त ? निश्चय नै पाउने थिएनन् । त्यतिमात्र होइन, कदाचित उनले फिजिक्समा विद्यावारिधि गर्नेबित्तिकै भारतमै गएर प्राध्यापन गर्छु भनेर जम्मभूमि फर्किएका भए न उनले जीव विज्ञान पढ्थे न त राइबोजाइमको ढाँचा नै पत्ता लाग्थ्यो । प्राध्यापक रामक्रिस्ननले पत्ता लगाएको वैज्ञानिक आविष्कारको जगमा धेरै नवीन एन्टिबायोटिक्सहरू संश्लेषणमात्र भएका छैनन्, बरु क्यान्सर जस्ता भयानक रोगका इलाजमा समेत उनले नयाँ आयाम थपेका छन् । तसर्थ, ऊर्जावान युवाका रूपमा रामक्रिस्ननको अमेरिका पलायन मानवमात्रका लागि कति लाभदायक सिद्ध भयो त्यसको स्मरण मात्रले पनि ब्रेन ड्रेनलाई खराब भन्न सक्ने अवस्था रहेन ।

विदेश जाने सबै बेंकटरमन रामक्रिस्नन जस्तो नोबल पुरस्कार पाउने अवसर पाउँदैनन् तर अधिकांश साइन्टिस्टले विज्ञानको विकासका लागि केही महŒवपूर्ण योगदान दिएकै हुन्छन् । हो, कसैको योगदान ठूलो होला भने कसैको झिनोमसिनो । नोबल पुरस्कार पाएनन् भन्दैमा कुनै पनि वैज्ञानिकको बसाइँ सराइको औचित्यमाथि प्रश्न उठाउनु मनासिव नहोला । मननयोग्य कुरा के हो भने रामक्रिस्ननको ल्याबले पत्ता लगाएको राइबोजाइमको ढाँचालाई मूर्त रूप दिन सयौँ तीक्ष्ण बुद्धि भएका वैज्ञानिकले वर्षौँ काम गरको यथार्थ कसैले बिर्सनुहँुदैन । उदाहरणका लागि विश्व क्यान्सर संस्थाको प्रतिवेदनअनुसार सन् २०१५ मा मात्र क्यान्सर रोगको निदानका लागि झण्डै १ खर्ब अमेरिकी डलर खर्च भयो । लक्ष प्राप्तिका लागि संसारका हजारौँ ल्याबमा लाखौँ वैज्ञानिक अनवरतरूपले खटेका छन् । भोलि क्यान्सरको औषधि पत्ता लाग्यो भने त्यसको श्रेय उक्त अभियानमा खटिने सबै अनुसन्धानकर्तालाई दिने कि नदिने ? निश्चय नै उनीहरू उक्त उपलब्धिको भागिदार हुन्छन् ।

उच्च शिक्षापछि कोही थप अध्ययनका लागि विदेश पलायन हुन्छ भने अरु नेपलमै बसेर देशको सेवा गरिरहेका हुन्छन् । विदेशी विश्वविद्यालयमा बसेर अध्ययन गर्ने अथवा स्वदेशमा बसेर विज्ञानको प्रबर्धन गर्नेमध्य को असल भन्ने विषयमा बहस हुन सक्छ । तर कसको योगदान अधिक भन्नेमा स्पष्ट लक्ष्मण रेखा कोर्न सक्ने अवस्था रहन्न । देशमा बसेर जननीको सेवा गर्नेको आफ्नै महŒव छ भने विदेशमा गएर आधुनिक विज्ञानको क्षेत्रमा योगदान गर्नेलाई कम आँक्ने अवस्था पनि देखिन्न । परिस्थिति जे÷जस्तो भए पनि स्वदेशमा बस्ने र विदेशमा रहने वैज्ञानिकबीचको आपसी सहकार्यले विज्ञान प्रवर्धनमा महŒवपूर्ण योगदान गर्ने कुरामा शंका रहेन । संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो ज्ञानलाई मानव हितमा खर्चिनु नै बौद्धिक पलायनताको प्रथम मन्त्र भएकाले विदेशमा बस्ने र स्वदेशमा रहने बौद्धिक ब्यक्तित्वबीच विज्ञानका सम्भाब्य क्षेत्रमा सहकार्यको थालनी गर्नु आजको आवश्यकता हो ।  





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...