२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा आर्थिक सङ्कटको घोषणा

बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ। बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको छ।

समाचार एजेन्सी डेली मेलका अनुसार बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा सबै अनावश्यक खर्च बन्द गर्दै टाट पल्टिएको घोषणा गरेको हो।  बर्मिङ्घम सिटी काउन्सिलसँग भएका सबै वित्तिय स्रोतसाधन समाप्त भएका कारण आवश्यक बाहेकका सबै सेवा ठप्प गरिएको काउन्सिलले बताएको छ। 

आर्थिक वर्ष २०२३/२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।

बेलायतको सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरको रुपमा रहेको बर्मिङ्घममा विश्वभर देखिएको आर्थिक सङ्कटको प्रभाव देखिएपछि त्यहाँका नागरिक समस्यामा परेका छन्।  

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बर्मिङ्घमको बारेमा प्रतिक्रिया दिँदै कमजोर व्यवस्थापनका कारण यो अवस्था आएको बताएका छन्। उनले बर्मिङ्घममा बसोबास गर्दै आएका नागरिकको अवस्था चिन्ताजनक रहेको भन्दै सरकारले बर्मिङ्घम काउन्सिलका लागि निर्धारित बजेटमा १० प्रतिशत वृद्धि गरेर पठाएपनि व्यवस्थापनको लापरबाहीका कारण समस्या उत्पन्न भएको बताए।  

प्रकाशित: २१ भाद्र २०८० ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App