१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं महानगरले जेठदेखि स्वास्थ्य बिमा सुरु गर्दै

काठमाडौं महानगरले महानगरका पाँचवटा वडावाट जेठ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्दैछ। महानगरभित्रका वडा लाजिम्पाट (२६), टंकेश्वरी (१९), बल्खु (१४) र कागेश्वरी (३०) मा बिमा कार्यक्रम सञ्चालन हुने भएको हो।

देशभरिका ७५ जिल्लामा पहिल्यै सुरु भइसकेको बिमा कार्यक्रम पछिल्लो समय राजधानीका दुईवटा नगरपालिका काठमाडौ र ललितपुरमा सुरु भएको हो। बाँकी वडामा प्रथम प्रवेशबिन्दुको तयारी पूरा भएपछि अर्को आर्थिक वर्षभित्रमा सञ्चालमा आउने काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाकी इन्चार्ज महर्जनले बताइन्।

प्रथम प्रवेशबिन्दुको लागि भवन निर्माण भइसकेको भए पनि कतिपयमा आवश्यक पूर्वाधार पूरा नभएकाले अर्को वर्षदेखि मात्र बिमा सुरु गनुपरेको महर्जन बताउँछिन्। महर्जनका अनुसार चालु स्वास्थ्य बिमा लागु हुनको लागि कुनै पनि सेवाग्राहीले महानगरपालिकाभित्र प्रवेशबिन्दु अस्पताल बन्नुपर्ने र त्यो अस्पतालमा एक चिकित्सकसहित ल्याब, एक्सरे, भिडियो एक्सरे लगायतका सेवा अनिवार्य हुनुपर्छ।स्वास्थ्य बिमा लागु गर्न प्रथम बिन्दु अस्पतालको लागि महानगरले जनशक्ति दरबन्दी, चिकित्सक, पारामेडिक्स जनशक्ति, एक्सरे, भिडियो एक्सरेलगायतका आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ। 

प्रकाशित: १३ चैत्र २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App