७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल वेयरहाउजिङको स्वतन्त्र सञ्चालकमा सदीक्षा श्रेष्ठ

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको रिक्त स्वतन्त्र सञ्चालकमा सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन्। कम्पनीको २०८० चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा जनमानसमा पुर्‍याउन श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहने कम्पनीका अध्यक्ष आनन्द वगडियाले बताए।

श्रेष्ठले सञ्चालक पदमा आफूले युवाको नेतृत्व गर्ने भएकाले गौरवान्वित महसुस गरेको बताइन्। कम्पनीले कृषि क्षेत्रमा रूपान्तरण गर्नु महत्वपूर्ण रहेको वैज्ञानिक अन्न भण्डारण र वेयरहाउस रिसिप्टजस्ता सेवाहरू नेपाली कृषकमाझ पुर्‍याउन प्रयास  गर्ने बताइन्।

प्रकाशित: २४ वैशाख २०८१ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App