१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

युनिलिभरको कारखानामा विद्युतीय बोयलर

हेटौडामा रहेको युनिलिभरको कारखानाले विद्युतीय बोयलर सञ्चालन गरेको छ। कम्पनीका अनुसार उक्त विद्युतीय बोयलर दक्षिण एसियाकै पहिलो हो। सो बोयलर विद्युतीय हिटरबाट स्टिम उत्पादन गर्ने प्रविधि भएको र यसले साइटलाई तताउने प्रक्रियाका लागि जीवाष्म इन्धनबाट बाहिर सार्न सक्षम बनाउने कम्पनीले बताएको छ। ६ करोडको लगानीमा ऊर्जा पदचिह्न कम गर्न र कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न नयाँ प्रविधिहरू स्थापना गरेको छ।

यसै क्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक तथा सिइओ अमलन मुखर्जीले युनिलिभर सञ्चालनलाई नेट जिरोतर्फ लैजान प्रतिबद्ध भएको जनाउँदै कम्पनीको अत्याधुनिक कारखानामा विद्युतीय बोयलरको स्थापना यस्तै एउटा कदम भएको बताए। 

प्रकाशित: १५ चैत्र २०८० ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App