जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन्।
सुनसरीको बराहक्षेत्रमा लागेको महाकुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताको सूत्रमा बाँध्न सहयोग गरेको नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
इलाम क्षेत्र-२ मा शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा यो तथ्यांक आएको जनाएको हो।