आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एवं सबै ‘एफडीआई’बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउने विश्वास व्यक्त गरेका छन्।
रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका- ४ चौसालका २० बर्षीय बिनोद बिष्टको भारतमा मृत्यु भएको हो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्षदेखि संविधानसभाका सदस्य भएका ओमप्रकाश शर्माले वीरगञ्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थालेका छन्।