१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अशाेक दाहाल


अशाेक दाहालका लेखहरु :

घटनास्थल नै नपुगी संसदीय समितिको छाउपडी रिपोर्ट

संसदको महिला तथा समाजकल्याण उपसमितिले छाउपडीमा मृत्यु भएको बारेमा स्थलगत रिपोर्ट तयार पार्दा घटनास्थल नै नपुगेको फेला परेको छ। संसदीय समितिका सदस्यहरू घटना भएको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई दिनसम्म बसे पनि घटनास्थल नपुगिकनै फिल्ड रिपोर्ट तयार पारेका हुन्।

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सरकारद्वारा पाँच नयाँ राजदूत सिफारिस, तीन जना फिर्ता बोलाइए

सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ भने दक्षिण कोरिया, बंगालादेश र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यही पुस ६ र ९ सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिएका हुन्।

ओमप्रकाश मिश्र भन्छन्– अदालतमा राजनीतिक प्रभाव छैन् (अवधारणापत्र सहित)

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा राजनीतिक प्रभाव नभएको दाबी गरेका छन्। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मिश्रले अदालतमा राजनीतिक प्रभाव सम्भव नभएको तर्क गरेका हुन्।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रकाे नाम अनुमाेदन (भिडियाे)

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

अदालतको भ्रष्टाचार नियन्त्रण गर्छु : प्रस्तावित प्रधानन्यायाधीश मिश्र

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा आफ्नो कार्ययोजना सुनाउँदै मिश्रले अदालतका सबै काम कारवाहीको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्ध अग्रसरता लिने बताए।

कोफी अन्नानको नेपाल साइनो

तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दै संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा कोफी अन्नानले अन्तिम वर्ष पुरा गर्दै थिए। उनले ति अन्तिम वर्षमा नेपालको शान्ति प्रक्रियाको लागि सहयोगी भूमिका खेलेका थिए।

भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त, आजै सपथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्।

सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, भोटिङ हुन बाँकी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।

सुनुवाई समितिको बैठक १५ मिनेटलाई स्थगित

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन बसेको संसदीय सुनुवाई समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

साढे २ घण्टापछि सुरू भयाे सुनुवाई समितिको बैठक, प्रधानन्यायाधीशबारे निर्णय अाउने (अपडेट)

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरू भएकाे छ। दिउँसाे साढे तीन बजेका लागि बाेलाइएकाे बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएकाे हाे। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलार्इ अनुमाेदन गर्ने कि नगर्ने निर्णय हुनेछ।

विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो।

सशस्त्र द्वन्द्व मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा

सरकारले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामति कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए।

कुनै बाहनामा चुनाब रोकिनु हुँदैन : वाम गठबन्धन

वाम गठबन्धनले तोकिएको समयमै चुनाव गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले मतपत्रका विषयमा गरेको आदेश पछि चुनाव नहुनेको हो कि भन्ने संसय बढेका बेला वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गरी कुनै पनि बहानामा चुनाव नरोक्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्