१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सुशील भट्टराई
१४ वर्षदेखि पत्रकारितामा सक्रिय सुशील भट्टराई नागरिक उड्डयन विषयमा दख्खल राख्छन्। नागरिक दैनिकको स्थापना कालदेखि नै उनले नागरिक उड्डयन र पर्यटन विधाका समाचार लेख्दै आएका छन्।

  

सुशील भट्टराईका लेखहरु :

नेपाली हवाई यात्रुको बिमा रकम अब १ करोड ६० लाख

हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपाली यात्रुको बिमा रकम प्रतियात्रु १ लाख ६० हजार अमेरिकी डलर (१ करोड ६० लाख रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसदले सर्वसम्मतिले पारित गरेको छ।

मनाङ एयरका उडानमा प्रतिबन्ध

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

निगमको वाइड बडी ३ घन्टा दिल्लीमा अलपत्र

भारतीय राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो ‘वाइड बडी’ जहाज ‘अन्नपूर्ण’ बुधबार दिउँसो साढे १ बजे काठमाडौं उडान भर्न तम्तयार छ।

पहिलो वाइड बडी उड्यो

यी पाँचवटै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका समान विशेषता छ, त्यो हो– सबै आफ्ना देशका राष्ट्रिय ध्वजाबाहक वायुसेवा हुन्।

एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

‘मापसे’ मा परे पाइलट

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाइ दुबई एयरलाइन्स’ को एउटा जहाज आइतबार तयारी अवस्थामा छ। करिब १ सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?

दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाएको हो।

अस्ताए ‘पर्यटन हस्ती’ पोखरेल

मुलुकको पर्यटन उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा आफ्नो जीवनको पाँच दशकभन्दा लामो समय बिताएका ‘पर्यटन हस्ती’ टेकचन्द्र पोखरेलको निधन भएको छ।

बुद्धको बनारस ‘अकुपेन्सी’ ८० प्रतिशतसम्म

नेपाली र भारतीयसँगै तेस्रो देशका पर्यटक लक्ष्य गर्दै निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले सुरु गरेको ‘बनारस उडान’ को सिट भराइ दर (अकुपेन्सी) आशालाग्दो रूपमा बढ्न थालेको छ।

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई यात्रुका लागि खुसीको खबर छ । हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपालीको बिमा रकम प्रतियात्रु १ लाख ५० हजार अमेरिकी डलर (डेढ करोड रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसद पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

नेवानि तीन महिनाभित्र जापान उड्ने

नेपाल वायुसेवा निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाजका लागि ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा उपलब्ध गराउन सार्वजनिक प्रस्ताव आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्