१५ वैशाख २०८१ शनिबार
image/svg+xml
गणेश विक


गणेश विकका लेखहरु :

भ्रमण वर्षलाई चुनौती बन्दै सडक

नेपालका प्रमुख पर्यटकीय क्षेत्र रारा अनि शे–फोक्सुण्डो ताल। नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा पनि पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। यी क्षेत्र पर्यटकीय हिसाबले महŒवपूर्ण र आकर्षक छन्। नेपाल भ्रमण वर्ष २०२० पनि सुरु हुँदैछ। भ्रमण वर्ष सुरु हुँदै गर्दा कर्णालीमा सडक चुनौती बनेको छ।

फिर्ता भएन सरकारी गाडी

सत्तारुढ नेकपाका नेता यामलाल कँडेलले संसद् सचिवालयबाट पाएको गाडी फिर्ता गरेका छैनन्। तत्कालिन नेकपा एमालेका संसदीय दलको नेता हुँदा उनले गाडी सुविधा पाएका थिए।

सांसदलाई गाउँ पठाउँदै नेकपा

आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन भएका योजनाको समीक्षा र २०७६/७७ को नीति तथा कार्यक्रमको जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सांसदहरू गाउँ जाने भएका छन्। नेकपाको संसदीय समितिको १० गतेदेखि १२ गतेसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरिएको नियुक्तिको विरोध

उपकूलपतिले गरेको नियुक्ति विश्वविद्यालयको ऐन नियमविपरीत भएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका निलम्बित रजिष्ट्रार महेन्द्रकुमार मल्लसहित यहाँका प्राध्यापक संघसंगठनहरूले विरोध जनाएका छन्।

पानीमाथिको बसाइँ

जानकी गाउँपालिका–५, पिप्रहवाका प्रेमबहादुर लोहनिया आइतबार दिउँसो घरभित्रै थिए। बाहिर वर्षा भइरहको थियो। घर अगाडिको बारीमा पानी भरिएर घरभित्र पस्दै थियो। उनी त्यहाँबाट बाहिर पनि जान खोजेनन्। असारे वर्षाले उनी चिन्तित थिए। घर अगाडि जमेको पानी धुमिलो थियो। त्यहीँ पानीमा उनकै अगाडि विषालु सर्प देखियो। उनी जुरुक्क खाटमा उभिए। सर्प पानीबाट तैरिएर उनकै खाटतिर आउँदै थियो। आँखा चिम्लेर कराए। खोल्दा सर्प कता गयो पत्तै भएन। यो नियमित उनको आइतबारको मात्र होइन। जब वर्षा हुन्छ तब उनको यो नियति दोहोरिन्छ।

पौडी पोखरीको सफल परीक्षण

१८ करोड रूपैयाँमा निर्माण भएको उक्त पोखरी ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ छ भने तीनदेखि पाँच फिटसम्मको गहिराइमा बनेको छ।

प्रेमको जित

दुवैतिर माया प्रगाढ हुँदा हाम्रा सामु त्यो कथित तल्लो र माथिल्लो जातको कुरै आएन। मात्र कसरी जीवन जिउने र समाज बदल्ने कुरा आउन थाले।

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा सन्तुलन कायम

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समयपछि जिल्ला तहको एकता प्रक्रिया टुंग्याएको नेकपाले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्तुलन मिलाएको छ। झन्डै एमाले र माओवादीले बराबरी जिल्लामा अध्यक्ष बाँडफाँट गरेका छन्। यी प्रदेशका ३१ जिल्लामध्ये एमालेले १६ र माओवादीले १५ जिल्लामा अध्यक्षको भागबन्डा मिलाएका छन्। कर्णाली प्रदेशका १० बाट तत्कालीन एमालेले ४ र माओवादीले ६ जिल्लामा अध्यक्ष पाएका छन्।

पहिलो पटक प्याराग्लाइडिङ समावेश

प्याराग्लाइडिङले १९९६ मा नेपाल सरकारबाट अनुमति पायो। त्यसपश्चात् व्यावसायिक रूपमा यो खेल मौलाउँदै गयो। पर्यटकीय र आर्थिक क्षेत्रको बलियो माध्यमका रूपमा प्याराग्लाडिङले स्थान जमायो।

राष्ट्रिय खेलकुदः उद्घाटनअगावै केही खेल हुने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल उद्घाटनअगावै हुने भएका छन्। वैशाख ५ गतेदेखि उद्घाटन हुने भनिए पनि केही खेलहरू चैत २७ देखिनै हुने भएका हुन्। चैत २७ गतेदेखि खेल सुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। २०७५ चैत २७ देखि ३० गतेसम्ममा १२ खेल हुनेछन्। पहिलो दिन हक्की पुरुष बाँकेमा, स्क्वास महिला र पुरुष ललितपुरमा तथा प्याराग्लाइडिङ खेल पोखरामा हुने छ।

काँडेतार र पर्खालले छेकेन परीक्षा

चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।

विप्लव समूहका नेता कार्यकर्ता भूमिगत

गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि विप्लवका नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्।

क्यान्सर पत्ता लगाउन नसक्ने क्यान्सर अस्पताल

मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो। करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो। तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर रोग नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ। जनशक्ति र प्रविधि अभावका कारण उक्त अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौं र भरतपुर पठाउने गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्