दीपक विष्ट २०५३ सालको एक मध्याह्न हेटौंडामा तनाव र उत्साहका साथ रिङ अगाडि उभिइरहेका थिए। हेटौंडामा राष्ट्रियस्तरको प्रतियोगिता भइरहेको थियो। दीपक भर्खर मार्सल आर्ट सिक्दै थिए।
'त्यो दिन मनमा अलिकति डर थियो, त्यत्तिकै उमंग पनि,' दीपक दुई दशकअघि फर्किए, 'म भर्खर 'एलो बेल्ट' मा पुगेको थिएँ। 'ब्ल्याक बेल्ट' को सिनियर प्रतिद्वन्द्वीसँग खेल्नुपर्ने थियो।'
प्रतिद्वन्द्वी सिनियर भए पनि दीपकको पाइला डगमगाएन। उच्च मनोबलका साथ उनी रिङमा उत्रिए। नेपाली तेक्वान्दोमा सुपरस्टारको भविष्य बोकेर जन्मिएका उनलाई 'बेल्ट'ले रोक्न सकेन। तेक्वान्दोमा खुट्टा चलाउन थालेको तीन महिनामै राष्ट्रिय स्तरको स्वर्ण पदक जिते। हेटौंडामा जितेको स्वर्णपछि उनले करियरमा थुप्रै उतारचढाव व्यहोरे तर कहिल्यै पछाडि फर्कनु परेन। संन्यास लिने बेलासम्म देशको खेलकुदमै सबभन्दा सफल खेलाडीको छवि बनाउन सफल भए।
दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलामा लगातार चारपटक स्वर्ण पदक जित्ने दीपक एक्ला खेलाडी हुन्। काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ)मा पहिलोपटक स्वर्ण चुमेका उनले सन् २००४ मा इस्लामावादमा सम्पन्न नवौं संस्करणमा त्यसलाई निरन्तरता दिए। सन् २००६ मा कोलम्बोमा १० औं संस्करण हुँदा प्रतियोगिताको नाम फेरिएर दक्षिण एसियाली खेलकुद (साग) भयो। त्यहाँ पनि स्वर्णपदक जितेर दक्षिण एसियामै स्वर्णको ह्याटि्रक गर्ने उनी वैकुण्ठ मानन्धरपछि दोस्रो नेपाली बने। दीपकको सफलता यात्राले ६ वर्षअघि बंगलादेशको ढाकामा सम्पन्न ११ औं सागमा पनि निरन्तरता पायो। ढाकामा स्वर्णपदक चुमेपछि उनी लगातार चार स्वर्ण जित्ने एक मात्र खेलाडीको कीर्तिमान बनाउन सफल भए।
यही सफलताका कारण नेपाली खेलजगतमा उनको नाम उच्च छ। यति मात्र होइन दीपकले एसियाली खेलकुदमा दुईपटक कांस्यपदक जित्नुका साथै ओलम्पिकमा छनोट भएर सहभागिता पनि जनाए। नेपालमा भएका कुनै पनि प्रतियोगितामा पराजय नभोगेका उनी सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट भएका थिए।
ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकै दुईमध्ये पर्छन्। उनीअघि सन् २००४ को ओलम्पिकका लागि तेक्वान्दोकै संगीना वैद्यले नेपाली खेलकुदका तर्फबाट पहिलोपटक यस्तो सफलता हासिल गरेकी थिइन्। दीपकले दक्षिण कोरियाको बुसानमा सन् २००२ मा सम्पन्न १४ औं तथा कतारको दोहामा सन् २००६ मा सम्पन्न १५ औं एसियाली खेलकुदमा कास्य पदक जितेका थिए।
१९ वर्षको उमेरदेखि दीपकले धनगढी तेक्वान्दो डोजाङबाट मार्सल आर्टको यात्रा थालेका थिए। छोरालाई डाक्टर बनाउने सपना बोकेका शिक्षक पिताको योजनाविपरीत 'हासहुस' मा लागेपछि तेक्वान्दोका सुरुवाती दिनमा घर–परिवारबाटै असहयोग भयो। खासगरी पिता महावीर दीपकको तेक्वान्दो रोजाइबाट निराश थिए। त्यसका बाबजुद उनी निरन्तर खेल्दै र एकपछि अर्को सफलतामा रमाउँदै अघि बढे।
'खासमा बुवालाई मार्सल आर्ट खेल्दा चोटपटकले छोरा घाइते हुन्छ भन्ने डर थियो,' दीपक भन्छन्, 'पहिलोपटक साफमा स्वर्ण जितेपछि बल्ल मार्सल आर्टलाई राम्रो मान्न थाल्नुभयो। उहाँलाई पनि लाग्यो, खेलले मानिसलाई सफल बनाउँदो रहेछ।'
कञ्चनपुरमा जन्मे–हुर्केका दीपक आइएस्सी पढ्ने समयसम्म पनि तेक्वान्दो खेल्दैनथे। विद्यालय समयमा भलिबलका राम्रा खेलाडी थिए। 'आइएस्सी सकेपछि मात्रै तेक्वान्दो खेल्न थालेको हुँ,' उनले भने, 'सामूहिक खेलभन्दा यतै मन बस्यो।'
धनगढी हुँदाताका सुरुमा सोखले खेलेका दीपकसँग मार्सल आर्ट खेल्न थालेपछि साथीहरू माझ 'शान' बढेको अनुभव छ। युवामाझ मार्सल आर्ट खेलाडीको भिन्न पहिचान हुने कारणले सुरुका दिनमा आफूलाई उत्साह दिएको उनी बताउँछन्।
आइएस्सी सकिएपछि पढ्ने बहानामा काठमाडौं छिर्नुको मुख्य कारण पनि स्वतन्त्र रुपमा तेक्वान्दो खेल्न पाउनु नै थियो। तेक्वान्दो खेल्नकै लागि उनले 'साइन्स' छाडेर कमर्स रोजे। मीनभवन क्याम्पसमा बिबिएस भर्ना भए तर मुख्य उद्देश्य खेल्नु थियो, तेक्वान्दोमा 'हिरो' बन्नु थियो। निरन्तरको प्रयासले उनलाई 'रियल हिरो' बनाएको छ। उनले यहाँ धनगढीभन्दा धेरै अवसर पनि प्राप्त गरे। समयलाई चिन्न सक्ने उनले खेलमा प्राप्त सबै अवसरलाई सदुपयोग गर्दै पाइला अगाडि सारे।
'पढ्न साह्रै अल्छी लाग्ने, खेल्न औधी मजा लाग्ने,' तेक्वान्दोका सुरुवाती दिनबारे दीपकले भने। तेक्वान्दोप्रतिको त्यही लगावले अहिले उनी नेपाली खेलकुदकै सबभन्दा सफल तारा बन्न सफल भएका छन्। ३० वर्षको उमेरसम्म तेक्वान्दो खेलेका उनले 'रिङ' बाट संन्यास लिइसकेका छन्। उनी अहिले राष्ट्रिय खेलकुद परिषदमा तेक्वान्दो प्रशिक्षकका रुपमा नयाँ प्रतिभा जन्माउन मिहिनेत गरिरहेका छन्।
भारतको गुवाहटी र सिलोङमा जारी १२ औं साग दीपकका लागि पहिलाभन्दा विशेष छ। खेल्न थालेयता पहिलोपटक उनी सागमा खेलाडीको भूमिकामा छैनन्। सधैं एउटा स्वर्ण पदकका लागि दाबी प्रस्तुत गर्दै आएका उनी यसपालि १० स्वर्ण पदकका लागि भिड्दैछन्, टोली प्रशिक्षकको भूमिकामा।