म्याराथनमा लगातार तेस्रो स्वर्ण जितेको बैकुण्ठ मानन्धरको अनुभव- सन् १९८७ मा कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुद मेरा लागि निकै महत्वपूर्ण थियो। म्याराथनमा लगातार तीन स्वर्ण जितेर नयाँ इतिहास कोर्ने अवसर मसँग थियो र मैले यसका लागि राम्रो तयारी पनि गरेको थिए।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि विदेशी प्रशिक्षकको व्यवस्था गरेको थियो। काठमाडौं र ढाकामा सम्पन्न पछिल्ला दुई दक्षिण एसियाली खेलमा मैले सहजै स्वर्ण पदक जितिसकेको थिएँ। कोलकाताको प्रतियोगिता तेस्रो स्वर्ण पदक जित्ने अवसर थियो। बंगलादेशमा सम्पन्न दोस्रो साफपछि मलाई राजा वीरेन्द्रले भेट दिएका थिए। भेटकै क्रममा राजाले खेल्दा मात्र ताली बज्छ, पछि जीवन कठिन छ भनेका थिए। मेरो स्वास्थ्यबारे जानकारी हासिल गरेपछि सोधेका थिए, अझ कति दगुर्छौ?' मैले जवाफमा एकपटक अर्को सफलता आर्जित गर्छु भनेको थिएँ। जवाफमा राजाले भनेका थिए, 'ल छोरा मान्छे भनेको तिमी नै रहेछौ।'
राजाले मैले केही मागुलाँ कि भन्ने सोचेका थिए होलान्। बाहिर पनि बैकुण्ठले केही माग्छ भन्ने हल्ला थियो। तर मैले केही मागिनँ। मलाई थाहा थियो, देश आफै गरिब छ, मलाई के दिन सक्छ र? त्यति बेलासम्म दर्शकको माया धेरै पाइसकेको थिएँ, मेरा लागि पर्याप्त थियो।
भेटमा वीरेन्द्रले नेपाली खेलकुदका तत्कालीन संरक्षक धीरेन्द्र शाहलाई 'खै, तिमीले खेल र खेलाडीलाई केही गर्न सकेनछौ' भन्दा उनी मुसुमुसु हासेका थिए।
दौडको अघिल्लो दिन मेरो हौसला बढाउन नेपालबाट लगभग १५ जना खेलाडी सगुन (अन्डा, माछा, रक्सी) लिएर आएका थिए। एक दिनअघि नै उनीहरूले 'ल बैकुण्ठ, हामीले सगुन लिएर आएका छौं' भन्दै मलाई हौस्याएका थिए।
मेरो प्रतिद्वन्न्द्वी श्रीलंकाली धावक भएको मलाई थाहा थियो। उसले पनि निकै तयारी गरेको रहेछ। दौडको सुरुदेखि नै हामीबीच कडा प्रतिस्पर्धा भयो। लगभग ३५ किलोमिटर पुगेपछि उसले मलाई उछिन्यो। दौडमा गाडी लिएर मेरो बराबरी गरिरहेका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले हात उठाएर मेरो हौसला बढाए। मैले पनि हात उठाउँदै जवाफ दिएँ र आफ्नो गति बढाएँ। ४० किलोमिटर नजिकै पुग्दा म बराबरीमा आइसकेको थिएँ, एक किलोमिटरको दूरीपछि किन हो, ऊ केही सेकेन्डका लागि अडियो, त्यही मौका पारेर मैले उछिन्ने प्रयास गरें। त्यसपछि हामी समानान्तर दौडिएका थियौं, एकअर्कालाई कुहिनाले हिर्काउँदै।
नेपालबाट आएका १५ जना खेलाडी पनि सँगै दौडिँदै मेरो हौसला बढाइरहेका थिए। स्टेडियमभित्र प्रवेश गरेपछि उनीहरू प्याराफिटमा दौडिन थाले। मैले गति बढाएँ। एक्कासी नेपाली टोलीबाट दिलीप कार्कीले मलाई माला पहिर्याइदिए। मैले दौड जितिसकेको थिएँ। मैले जोसैजोसमा थप एक चक्कर लगाएँ।
तर केही बेरपछि विजेताका रूपमा श्रीलंकाली खेलाडीको नाम घोषणा भएपछि हामी छक्क पर्यौं। बु‰न जाँदा मलाई उनीहरूले श्रीलंकाली धावक भन्ठानेका रहेछन्। उनीहरूले त्रुटि सच्याए। मैले २ घन्टा १५ मिनेट र ३ सेकेन्ड समयसाथ दौड पूरा गर्दै लगातार तेस्रोपटक साफ म्याराथन जित्न सफल भएँ। त्यो समय अझ पनि साफ म्याराथनको कीर्तिमानका रूपमा छ।
जे होस्, म राजा र साथीभाइलाई दिएको वचन पूरा गर्न सफल भएँ।
तर साँच्चै भनुँ, त्यतिबेला जितले मलाई खासै खुसी हुँदैन थियो। सायद जितको बानी परिसकेको थियो।
आज समय धेरै परिवर्तन भई सकेको छ। अन्य देशमा खेलाडीहरूले प्रयोग गर्ने साधन र श्रोतमा पनि ठूलो परिवर्तन आई सकेको छ।
एघारौँ साफमा नेपाली खेलाडीहरूले राम्रो गर्छन् भन्ने विश्वास मलाई छ। एथलेटिक्स जस्तो स्पर्धामा सानै उमेर देखि स्कूलबाट प्रतिभाको खोजी गर्न सके भविश्यमा राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ। १८-२० वर्षको उमेरका खेलाडीलाई सिकाएर उल््कलेख्य सफलता हासिल गर्न सकिदैन। त्यस वाहेक खेलकुदमा राजनीति हुनु हुदैन।
मलाई सन् १९७६को मोन्ट्रेल ओलम्पिकको सम्झना आउछ। त्यति बेला मेरो तस्विर सहितको हुलाक टिकट निकाल्ने कुरा भएको रहेछ। तर पछि किन हो विरोध भएछ र दौडिदै गरेको तस्विर सहितको टिक प्रचलनमा ल्याइएछ। यस्ता कुराहरू वेहोर्दा खेलाडीलाई स्वाभाविक रुपमा मन अमिलो हुन्छ।
तर खेलका क्रममा रमाईलो घटना पनि हुने गर्छ। सन् १९७३मा फिलिपिन्समा भएको अन्तर्राष्टिय स्पर्धामा म पाँचौ भएको थिए। तर गरिब देशको भएर पनि जापान, कोरिया जस्ता देशका धावकलाई राम्रो चुनौति दिएको भन्दै धेरैको ध्यान ममा केन्द्रित भएको थियो। अझ एउटी महिलाले त मलाई धर्म पुत्र बनाएर त्यही राख्ने प्रस्ताव गरेकी थिइन्। उनको उमेर खासै थिएन। त्यसैले साथीभाईले मलाई जिस्क्याएका थिए-पछि विहे पो गर्ने हो की! उनले निकै अड्डी लिए पनि मैले मानिन, मान्ने कुरा पनि थिएन।
आज मेरो कोठा मैले पाएको सम्मानले भरिएको छ। कहिलेकाही त सम्मानको थुप्रो देख्दा दिक्क पनि लाग्छ। आखिरमा कहाँ राख्ने। धेरैले ती पुरस्कारहरू राख्न वेग्लै कोठा बनाउने सल्लाह दिएक्ा छन्। तर यो सम्भव छैन।
अहिले मेरो खेल जीवन सम्झदा मलाई खासै पछुतो छैन। मैले रहरमा दौडिन थालेको थिए। पछि मधु शमशेरले म भित्रको प्रतिभा पहिचान गरेर मलाई प्रशिक्षण दिन घरैमा वोलाउन आउने गर्थे। प्रशिक्षकले आफ्नो तर्फबाट पनि प्रतिभाको पहिचान गर्नु पर्छ।
मैले जनताबाट धेरै मायाँ र सम्मान पाएको छु। राष्ट्रले कति गर्यो भनेर सोचेको छैन। मैले नेपाल घुमेको छु, हाम्रा नेपाली दाजुभाईहरू कती गरिबीमा छन् भन्ने देखेको छु। मैले त तुलनात्मक रुपमा राम्रै जीवन विताई रहेको छु।
(राजेन्द्र ज्ञवालीसँग कुराकानीका आधारमा)