काठमाडौं – विद्या महर्जनले आइतबार लगातार पाँच पटक राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीको उपलब्धि हासिल गरेकी छिन्। काठमाडौंकी विद्याले राष्ट्रिय प्रतियोगितामा महिला थाउलुतर्फ नान छ्वानमा लगातार पाँच पटक स्वर्ण जित्न सफल भईन।पाँचौ राष्ट्रिय प्रतियोगिता देखि विद्याले नवौं राष्ट्रिय प्रतियोगिता सम्म लगातार स्वर्ण हात पारेकी हुन। पछिल्लो पटक धनगढिमा भएको छैटौं राष्ट्रिय प्रतियोगिता दौरान भएको आठौं राष्ट्रिय प्रतियोगितामा विद्याले स्वर्ण जितेकी थिईन । आइतबार महिला थाउलुतर्फ नान छ्वानमा ललितपुरकी निमा घर्ती मगरले रजत र ललितपुरकै बन्दना कर्माचार्यले कांस्य हात पारे।
विद्याले आफ्नो स्वर्णयात्रालाई निरन्तरता दिदाँ आइतबार दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी आङ्बाबु लामा र विनिता महर्जनले पनि स्वर्ण पदक जिते। सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्दै खेलेका आङबाबुले पुरुष थाइची चियानमा स्वर्ण जिते। यसअघि प्रतियोगिताको पहिलो दिन आङबाबुले थाउलु थाइचीमा व्यक्तिगत प्रर्दशन सुधार गर्दै सर्वाधिक ९.६५ अंक जोडेर स्वर्ण जितेका थिए।
पुरुष थाइची चियानमा मकवानपुरका हरिप्रसाद गोलले रजत र नवलपरासीका ध्रुवराज न्यौपानेले कांस्य जिते।
११औं सागमा नेपाललाई पहिलो स्वर्ण जिताएर चर्चा बटुलेकी विनिताले आइतबार महिला थाइची छ्वानमास्वर्ण जितेकी हुन्। खोटाङकी सविना राईले रजत र ललितपुरकी सुस्मृति तामाङले कांस्य हात पारे।
पुरुष नान कुनमा काठमाडौंका विशाल थापा सिन्जालीले स्वर्ण, एपीएफका सनी श्रेष्ठले रजत र ललितपुरका अनन्त राईले कास्य जिते।
पुरुष कुनसुमा दोलखाका रिन्जी शेर्पाले स्वर्ण, ललितपुरका निरन्जन आले मगरले रजत र रुकुमका विश्व बुढा मगरले कास्य हात पारे।
महिला छियन सुमा भक्तपुरकी सुस्मिता तामाङले स्वर्ण, काठमाडौंकी ओशिन राईले रजत र कैलालीकी महिमा चौधरीले कास्य पाए।
सान्सौं पुरुष ८० केजीमा कास्कीका शंकरबहादुर खाँण र पीएफका तेजबहादुर पल्ली फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। सान्सौं महिला ६० केजीमा एपीएफकी चाहना बम्जन लामा तथा ५६ केजीमा कास्कीकी झरना गुरुङ फाइनलमा पुगे। झरना पल्सर स्पोर्टस अवार्ड २०६९ अन्तर्गत लोकप्रिय वर्ष खेलाडी र महिला वर्ष खेलाडीको मनोनयनमा परेकी छिन्।