माइभ्याली गोल्डकप सुरु
१५ माघ २०७१
•
१ मिनेट पाठ
माइभ्याली गोल्डकप सुरु
इलाम-तीन लाख पुरस्कार राशीको टुवर्ग माइभ्याली गोल्डकप प्रतियोगिता बिहीबार इलाममा सुरु भएको छ। अखिल नेपाल फुटवल संघ (एन्फा) कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रम भव्यरुपमा सम्पन्न भयो। खेलकुदमार्फत युवापुस्तालाई सकारात्मक बाटोमा लाग्न प्रेरित गर्ने उद्देश्यले आयोजित यो प्रतियोगितालाई मोफसलका पहाडी जिल्लाकै ठूलो मानिएको छ।football  2




‘राष्ट्रिय लिग चलिरहेका बेला मोफसलमा यत्तिको ठूलो प्रतियोगिता हुनु गर्वको कुरा हो' एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रतियोगिता उद्घाटन गर्दै भने, ‘फुटवलको क्रेज कतिसम्म छ भन्ने देखाउन यो प्रतियोतिा महत्वपूर्ण सावित भएको छ।’

football  5
ए डिभिजनका नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, थि्रस्टार क्लवसहित रुपन्देही ११, मोरङ ११, झापा ११ र आयोजक माइभ्याली फुटवल क्लव प्रतियोगिताका स्वदेशी टिम हुन्।

football  7

सिक्किम, भुटान र बंगलादेशले आमन्त्रित विदेशी टिमका रुपमा प्रतिस्पर्धा गर्नेछन्। ४१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता ११ दिनसम्म चल्नेछ। इलाममा १७ बर्षपछि भइरहेको प्रतियोगिताले सबैमा उत्साह ल्याएको छ।

football  11

सबै तस्बिर : बेनुपराज भट्टराई
अर्को समाचार
'माइभ्याली गोल्डकप' बिहीबारदेखि
१३ माघ २०७२
•
८ मिनेट पाठ
'माइभ्याली गोल्डकप' बिहीबारदेखि
इलाम–पूर्वी पहाडकै ठूलो धनराशी पुरस्कारको 'अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली फुटबल गोल्डकप' प्रतियोगिता सदरमुकाममा बिहीबार सुरु हुँदैछ। गतवर्ष 'ए–डिभिजनस्तरको उत्कृष्ट प्रतियोगिता' सम्पन्न गरेको माइभ्याली फुटबल क्लबको आयोजनामा दोस्रो संस्करण हुन लागेको हो।सदरमुकामस्थित ठूलो टुँडिखेलमा आयोजक माइभ्याली र भारत कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लबबीच बिहीबार उद्घाटन खेल हुनेछ। गतवर्षको प्रतियोगितामा काठमाडौंका राजकुमार घिसिङलगायत झापासमेतका खेलाडी समेटेको आयोजक टिम यो वर्ष जिल्लाभित्रकै खेलाडी मैदानमा उतार्दैछ। माइभ्यालीका मुख्य प्रशिक्षक मंगेश बस्नेतले यो वर्ष जिल्लाभित्रैका खेलाडीलाई मात्र 'क्लोज क्याम्प'मा राखिएको र गतवर्षभन्दा उत्कृष्ट खेल हुने विश्वास व्यक्त गरे । 'लक्ष्य फाइनल जित्ने हो तर विपक्षी टिमको खेल पहिलोपटक देखिने भएकाले ठोकुवा चाहिँ गर्न सकिन्न,' उनले भने, 'खेल रणनीति विपक्षीको खेल हेरेर तय हुनेछ ।'




भर्खरै सम्पन्न अन्डर १९ प्रतियोगिता खेलेका छिरिङ गुरुङ, अन्डर १६ खेलेका मनिष थापा र केहीअघिसम्म एनआरटीमा आबद्ध सुवास राईलगायत माइभ्यालीबाट मैदानमा उत्रिनेछन् । प्रदीप विष्ट, राकेश थापा, मिलन लिम्बू, सार्थक संग्रौला, तारा गुरुङ, अनोज गुरुङ, प्रज्वल मुखिया, विशाल बस्नेत, विशाल थामी, अनिल राई, डेन्जिङ तामाङ, रोहित गुरुङ, पासाङ शेर्पा, विकास लिम्बू, यादव गुरुङ र अर्पण सुब्बालगायत माइभ्यालीबाट खेल्नेछन् । गतवर्ष झापा ११ सँग पहिलो खेलमै पराजित आयोजक टिम यो वर्ष धेरै मेहनतसाथ मैदानमा उत्रिन लागेको प्रशिक्षक बस्नेतले बताए ।

विपक्षी दुर्गापुर केही वर्षअघिसम्म भारत र नेपालका विभिन्न प्रतियोगितामा ख्याति कमाएको टिम हो । तर, यहाँका प्रतियोगितामा पछिल्लो समय सहभागिता जनाउन छाडेको टिमको खेल कस्तो छ भन्ने जानकारी आयोजकलगायत फुटबलप्रेमीलाई छैन ।

माघ २३ सम्म आयोजना गरिने गोल्डकपमा देशका ए–डिभिजन क्लबसहित भारतका उत्कृष्ट टिम सहभागी हुँदैछन् । मनाङ–मस्र्याङदी, पोखराको सहारा क्लब, नेपाली सेना, सशस्त्र प्रहरी, रुपन्देही–११, झापा–११, काठमाडौंको सरस्वती क्लब र भारत असमको ग्लोबल फुटबल क्लब प्रतियोगितामा भिड्दैछन् । पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल १६ गतेमात्रै हुने भएपछि यहाँको खेलतालिका 'रनिङ' हुने भएको आयोजक माइभ्याली क्लब उपाध्यक्ष बसन्त थाम्सुहाङले बताए । यहाँको प्रतियोगितामा पनि सहभागिता जनाएका सहारा, मनाङ–मस्र्याङ्दी, आर्मी र झापा–११ पोखरामा उत्कृष्ट ४ मा छन् । तर, उद्घाटनमा आयोजक र दुर्गापुर, शुक्रबार भारत असमको ग्लोबल एकाडेमी र सरस्वती क्लबीच खेल हुने आयोजकमध्येकै जिल्ला फुटबल संघ अध्यक्ष निरोज खड्गीले जानकारी दिए ।

विजेताले साढे ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ जित्ने छन् । गतवर्षको पुरस्कार राशिमा यो वर्ष विजेतालाई ५० हजार र उपविजेताका लागि २५ हजार रुपैयाँ थपिएको छ । प्रतियोगिता सम्पन्न गर्न ४५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजक टोलीले प्रतियोगिताको खर्च जुटाउन राजधानी काठमाडौंलगायत स्थान पुगेर विभिन्न निकायसँग अनुरोध गरेको छ । 'गतवर्ष प्रतियोगिता आयोजना गर्दा बचेको १८ लाख र बाँकी विभिन्न दाताबाट उठेको रकमले प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखेका छौं,' क्लब अध्यक्ष धिरेन चेमजोङले नागरिकसँग भने, 'सबैले साथ–सहयोग गर्ने आश्वासन दिएकाले प्रतियोगिता उत्कृष्ट बनाउन सकिन्छ भन्ने विश्वास छ ।'

प्रतियोगिताको क्वार्टर फाइनलसम्मका खेलका लागि ५०, सेमिका लागि सय र फाइनलका लागि २ सय रुपैयाँको टिकट दर्शकका लागि तयार गरिएको छ । सिजनल टिकट भने हजार रुपैयाँको छ । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीलाई ३ दिन दैनिक भत्ता, यातायात खर्च र खाने–बस्ने व्यवस्था आयोजकले गरेको छ । प्रतियोगिताका लागि ठूलो टुँडिखेल झकिझकाउ पारिएको छ । यहाँ दर्शकका लागि प्यारापिट नभएकाले बाँसको प्यारापिट निर्माण गरिएको छ । ५ लाख रुपैयाँ खर्चेर बनाइएको प्यारापिटमा १५ हजार दर्शक अटाउने लक्ष्य आयोजकको छ ।

तत्कालको खेलभन्दा भविश्यलाई तयारी

जिल्लाको फुटबल इतिहास लामो भएपनि सदरमुकाममा फुटबल एकाडेमी भने सञ्चालन हुन सकेको छैन । केही वर्षअघि सदरमुकाममा एकाडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामलाई छनौट सूचीमा राखेको थियो । तर, स्थानीय र राष्ट्रियस्तरबाट त्यसको प्रभावकारी प्रयास नहुँदा जिल्लामा फुटबल सम्भावना उच्च भएर पनि ओझेलमा परेको अध्यक्ष चेमजोङले बताए ।

इलामका खेलाडीले राष्ट्रिय टिममा रहेर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेका छन् । 'फुटबलमा इलामले इतिहास बोकेको छ । अहिले पनि हाम्रा २ खेलाडी (नवयुग श्रेष्ठ र योगेश गुरुङ) राष्ट्रिय टोलीमा छन् । यो गौरवको विषय भएपनि जिल्लामा खेल विकासका लागि प्रयास अपुग छ,' उनले भने ।

जिल्लामा फुटबलका खेलाडीको राम्रो सम्भावना भएकाले यसको विकासका लागि एकाडेमी सञ्चालन गर्नु आवश्यक रहेको मुख्य प्रशिक्षक मंगेश बस्नेतले बताए । बर्सेनि प्रतियोगिता आयोजना गर्दा एकाडेमी सञ्चालनका लागि दबाब पुग्ने उनको भनाइ छ । तत्कालको प्रतियोगिता जित्नुभन्दा भविश्यमा राम्रा खेलाडी उत्पादन गर्नु मुख्य लक्ष्य रहेको बस्नेतको भनाइ छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस