इलाम– पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको माइभ्याली गोल्डकप बिहीबार सदरमुकामको ठूलो टुँडिखेलमा सुरु हुँदैछ । प्रतियोगिताको प्रचारप्रसार गर्न आयोगक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले बुधबार सदरमुकामको ५ किलोमिटरमा मोटरसाइकल र्याली आयोजना गरेका छन् ।
प्रतियोगिता आयोजना गरिने इलाम बजारछेउको ठूलो टुँडिेखलबाट सुरु ¥यालीमा ५० भन्दी बढी मोटरसाइकलसहित खेलप्रेमी सहभागी थिए । उनीहरूले आउँदो २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी भइदिन स्थानीयलाई आग्रह पनि गरे । प्रतियोगिताको पूर्वसन्ध्यामा टुँडिखेल क्षेत्र चाड आएझैं सिँगारिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ । आयोजक माइभ्यालीसँग उद्घाटन खेल खेल्न नेपाल पुलिस क्लब बुधबार नै सदरमुकाम आइपुग्दैछ । ‘प्रतियोगिताको सबै तयारी पूरा भएको छ,’ आयोजक माइभ्याली क्लब अध्यक्ष धिरेन चेम्जोङले बुधबार भने, ‘भोलि दिउँसो टुँडिखेलमा उद्घाटन समारोह भव्य बनाउन सबै जुटेका छौं ।’
४ लाख रुपैयाँ पुरस्कार राशिको माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी हुँदैछन् । प्रतियोगितामा लक्ष्मी डुन्डाई मनाङ–मस्र्याङ्दी, रुपन्देही–११, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा, झापा–११ र माइभ्याली–११ भिड्दैछन् । भारत कोलकाताको दुर्गापुर स्टिल र असमको ग्लोबल फुटबल क्लब पनि प्रतियोगितामा भिड्न आउने आयोजक माइभ्यालीले जनाएको छ ।
खेलतालिकाअनुसार उद्घाटन खेल आयोजक माइभ्याली र नेपाल पुलिसबीच हुनेछ । चैत १८ मा रुपन्देही–११ र दुर्गापुर स्टिल क्लबबीच हुनेछ भने चैत १९ मा नेपाल आर्मी र ग्लोबल क्लब भिड्नेछन् । चैत २० मा रुपन्देही–११ र दुर्गापुर स्टिलमध्ये विजेताको सामना झापा–११ ले गर्नेछ । चैत २१ मा माइभ्याली र नेपाल पुलिसको विजेतासँग मनाङ–मस्र्याङ्दी भिड्ने छ । चैत २२ मा संकटा र सशस्त्र प्रहरीको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।
एउटा समूहबाट ग्लोबल र आर्मीमध्ये १ ले मनाङ, माइभ्याली र पुलिसमध्ये १ सँग चैत २३ मा सेमिफाइनल खेल्नेछ । अर्काे समूहबाट आउने संकटा र सशस्त्रमध्ये १ ले झापा, दुर्गापुर र रुपन्देहीमध्ये १ सँग चैत २४ मा दोस्रो सेमिफाइनल खेल्नेछ । खेलको फाइनल चैत २६ लाई तय गरिएको अध्यक्ष चेम्जोङले बताए ।
विजेताले ४ लाख र उपविजेताले अढाई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । हाई स्कोररलाई २५ हजार, म्यान अफ् टि टुर्नामेन्टलाई १ सय ५० सिसीको यामाहा मोटरसाइकल र प्रत्येक दिनको म्यान अफ् दि म्याचलाई ७ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । ‘सबै पुरस्कारको राशि गतवर्षभन्दा बढाएका छौं,’ अध्यक्ष चेम्जोङले भने, ‘विजेताको पुरस्कार राशि गतवर्षहरूझैं सूर्याेदय नगरपालिकाका समाजसेवी दम्पती तारा र रोजु सापकोटाले उपलब्ध गराउने भएका छन् ।’
प्रतियोगिता आयोजना गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । यसका लागि मुख्य स्रोत ‘गेट मनी’ नै हुने उनले बताए । ‘गेट मनीका लागि प्रतिदर्शक १ सय रुपैयाँको टिकट तयार गरिने छ,’ उनले भने, ‘सेमी र फाइनल खेलका लागि भने २ सय रुपैयाँको टिकट राखिनेछ ।’ गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्काले प्रतियोगिताको प्रायोजन–सहप्रायोजन गर्ने र जिल्ला समन्वय समिति, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, इलाम नगरपालिकालगायतले केही आर्थिक सहायता गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि करिब २ सय स्वयंसेवक परिचालन गरिने छ । क्लबको अगुवाईमा ठूलो टुँडिखेल मर्मत गरी ‘सफ्ट’ बनाइएको छ । ‘टुँडिखेल हार्ड भएर खेलाडीलाई गाह्रो हुने भएपछि केही महिनाअघि १२ लाख रुपैयाँ खर्चेर दुबो लगाएका छौं,’ अध्यक्ष चेम्जोङले सुनाए, ‘पोहोरभन्दा यो पटक खेलमैदान निकै नरम र राम्रो छ ।’ मैदानको छेउमा बाँसको प्यारापिट बनाइएको छ । आयोजकले गतवर्षहरूभन्दा यो वर्ष दर्शक पनि बढ्ने भएकाले त्यहीअनुसार तयारी गरेको बताएका छन् ।