आर्मी उपाधिनजिक
२१ चैत्र २०७५
•
३ मिनेट पाठ
आर्मी उपाधिनजिक
आर्मी (हरियो ) र थ्री स्टारका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर: नागरिक
इटहरी– रुस्लान थ्री स्टार क्लब काठमाडाैंलाई २–० ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब, काठमाडाैं दुहवीमा जारी तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। 




दुहवी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टारलाई हराएर आर्मीले फाइनल यात्रा सुरक्षित गरेको हो। टिमवर्कसँगै छिटो खेल्ने कलाले गर्दा नै आर्मीले सफलता प्राप्त गरेको हो। प्रतियोगितामा अन्य खेलको तुलनामा थ्री स्टारका खेलाडीले कमजोर प्रदर्शन गर्दा हार बेहोर्नुप-यो।  

प्रतियोगिताको पहिलो हाफ बराबरीमा टुंगियो।  खेलको ५१औं मिनेटमा आर्मीका भरत खवासले गोल गरे।  ६६औं मिनेटमा आर्मीकै टेकबहादुर बुढाथोकीले अर्को गोल थपे। खेलमा त्रिभुवन आर्मीका भरत म्यान अफ दी म्याच घोषित भए। उनलाई खेलका मुख्य प्रायोजक अल्ट्राटेक सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक मनीष मारुले १० हजार नगद पुरस्कार प्रदान गरे। 

क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड, काडमाडौंलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। थ्री स्टारले आयोजक एलेभन एरोज क्लब दुहवी सुनसरीलाई ४–१ को अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो। 

त्रिभुवन आर्मीले फाइनलमा उपाधिका लागि बिहीबार दोस्रो सेमिफाइनल खेलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र दाउफिन्स फुटबल क्लब क्यामरुनबीच हुनेछ।

चैत २३ गतेसम्म चल्ने  प्रतियोगितामा विजेतालाई ६ लाख र उपविजेतालाई नगद ३ लाख पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा विजेता र उपविजेताबाहेक खेलको म्यान अफ दी म्याचलाई १० हजार, धेरै गोलकर्तालाई २० हजार, उत्कृष्ट खेलाडीलाई सामसुङको ४२ इन्च लिड टिभी, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
अर्को समाचार
केपी ओली कप: त्रिभुवन आर्मी उपाधिनजिक
१७ फागुन २०८१
•
२ मिनेट पाठ
केपी ओली कप:  त्रिभुवन आर्मी उपाधिनजिक
विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।




त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मी संकटा क्लबलाई २–१ ले हराउँदै उपाधिनजिक पुगेको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान एक गोल गरे।

खेलको सुरुआतमा नै गोल गर्दै दबाब बनाएको आर्मीले अन्तिमसम्म कायम राख्यो। नवयुगले खेलको सातौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। कप्तान जिलेस्पीजंग कार्कीले राइट साइटबाट दिएको क्रसलाई नवयुगले वान टचमार्फत सुन्दर गोल गरेका हुन्। संकटाका दुई डिफेन्डरका बीच नवयुगले चालखीपूर्ण रूपमा बललाई जाली चुमाए।

१७औं मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंगले पेनाल्टी बक्सबाट गरेको प्रहार सफल हुन सकेन। उनको प्रहार संकटाका कप्तान तथा गोलकिपर दीप कार्कीले पन्च गर्दै रोके। ३७औं मिनेटमा गोल गर्न चुक्दा संकटाले खेलमा फर्किने अवसर गुमायो। लामो पास नियन्त्रणमा लिएका माया क्रिस्टियन नजिकै दूरीबाट गोल गर्न चुके।

उनको वान टच पहिलो बार हुँदै बाहिरिन पुग्यो। त्यसपछि गोल हुन सकेन र पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो। दोस्रो हाफमा दुवै तर्फबाट धेरै प्रयास भए। तर, दुवैले समान एक गोल मात्र गर्न सके। ६०औं मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंगले करिब २५ यार्डबाट गरेको सशक्त प्रहार दोस्रो बारमा लागेर फर्किन पुग्यो।

तर, त्यसको पाँच मिनेटपछि नै पेनाल्टी अवसरबाट आर्मीले अग्रता दोब्बर बनायो। संकटाका अभिशेक लामाले जिलेस्पीजंगलाई पेनाल्टी बक्सभित्र लडाएपछि आर्मीले पेनाल्टी अवसर पायो। त्यो अवसरमा दिनेश हेम्जनले पनि गोल गरे।

७७औं मिनेटमा संकटाको खेलमा फर्कने प्रयास आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाए। क्रिस्टियनको हेडरलाई कुथुले पन्च गर्दै बाहिर पठाइदिए। इन्जुरी समयमा संकटाले गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। संकटाका विसन गुरुङले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए। त्यसपछिको बाँकी समयमा संकटाले थप गोल गर्न सकेन र आर्मी फाइनलमा पुग्यो।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार आयोजक केपी एफसी र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन १९ गते हुनेछ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रूपैयाँ पाउनेछन्। फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
उपाधिको दाउमा आर्मी
भीम चापागाईं भीम चापागाईं • · २३ चैत्र २०७३ · ७ मिनेट पाठ
रसिला र जेसिका फाइनलमा
नागरिक नागरिक • · ०५ असोज २०७५ · ३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस