इटहरी - त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन इटहरीमा जारी योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगितामा तीन उपाधिनजिक पुगेकी छन्।
इटहरीस्थित रंगशालाको कभर्डहलमा शुक्रबार भएको प्रतियोगितामा रसिला महर्जन महिला एकल, महिला युगल र यु–१७ गरी तीन विधाको उपाधिनजिक पुगेकी हुन्। रसिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेसिका गुरुङलाई २१–१७, १८–२१ र २१–१३ ले हराइन्। छात्रा यु–१७ तर्फ मोरङकी रोज पाण्डेलाई २१–९ र २१–१६ ले पन्छाउँदै रसिला यस विधामा उपाधिनजिक पुगेकी हुन्।
रसिलाले महिला एकलको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन नङ्सलदेवि तामाङविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। गत संस्करणको फाइनलमा पनि रसिला नङ्सलदेविसँग नै पराजित भएकी थिइन्। यसपटक भोजपुरबाट खेलेकी नङ्सलले मोरङको राजधानी युथ क्लबकी सीमा राजवंशीलाई २१–१७ र २१–१२ ले हराउँदै उपाधि यात्रा तय गरेकी हुन्।
महिला युगलमा रसिलाले आर्मीकी रञ्जना भट्टसँग मिलेर बाँकेकी सम्झना शर्मा र मोरङकी सीमा राजवंशीको जोडीलाई २१–१५, २१–१७ ले हराउँदै फाइनलमा एपिएफका जेशिका गुरुङ र पूजा श्रेष्ठको जोडीसँगको भेट पक्का गरिन्। जेशिका र पूजाको जोडीले आर्मीका अमिता गिरि र अनुमाया राईको जोडीलाई २१–१५, ११–२१, २१–१७ ले हराएका थिए। यु–१७ तर्फ रसिलाले मोरङकी सीमा राजवंशीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्।
रसिला मोरङकै रोज पाण्डेलाई २१–९ र २१–१६ ले र सीमाले आर्मीकी रञ्जना भट्टलाई १६–२१, २१–१६ र २१–१४ ले हराउँदै फाइनल प्रवेश गरेका हुन्। एपिएफका दीपेश धामी भोजपुरका विकास श्रेष्ठलाई २१–१२ र २१–१४ ले पन्छाउँदै फाइनलमा प्रवेश गरेका छन्। दीपेशले चिरपरिचित प्रतिद्वन्द्वी आर्मीका रत्नजित तामाङसँगको भेट पक्का गरेका हुन्।
सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नवीन श्रेष्ठमाथि २१–१४ र २१–१९ को जित निकाले। दीपेश र रत्नजित युगलको उपाधिका लागि पनि भिड्ने भएका छन्। युगलतर्पm दीपेशले विजित थापामगरसँग मिलेर बाँकेका रियाज अन्सारी र इर्पmान अन्सारीलाई २१–१५ र २१–१७ ले पन्छाए। यता, रत्नजितले नवीन श्रेष्ठसँग मिलेर आर्मीकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१५ र २४–२२ को कठिन जित निकाले।
पुरुष खुलातर्फ आर्मीका पविन लिनथेप र कैलालीका देवराज राना फाइनल प्रवेश गरेका छन्। पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९–२१, २१–११, २१–१८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२–२० र २१–१८ ले हराउँदै फाइनलमा प्रवेश गरेका हुन्। महिला खुलातर्फ जेस्ट ब्याडमिनटन एकेडेमीकी मनीषा खड्का फाइनल प्रवेश गरेकी छिन्।
मनीषाले बाँकेकी सुष्मा श्रेष्ठलाई २२–२०, १३–२१ र २१–१७ ले हराउँदै उपाधिका लागि कैलालीकी प्रार्थना देउवासँगको भेट पक्का गरेकी हुन्। प्रार्थनाले जेस्टकी सफी खत्रीलाई २१–१६ र २१–१० ले पाखा लगाइन्। छात्र यु–१७ उपाधिका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सुसिंह क्षेत्री भिड्ने भएका छन्। चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१–१०, २१–१८ ले र क्षेत्रीले आर्मीका भोजबहादुर गुरुङलाई २१–१५, २१–१९ ले पराजित गरे।
भेट्रान्समा धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले फाइनलमा पाल्पाका वीरेन्द्रसिंह विष्ट र महेश बज्राचार्यको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुनेछ। प्रतियोगितामा रसिला महर्जन महिला एकल, युगल र यु–१७ गरी तीन विधाको उपाधिनजिक पुगेकी छन्।